२०८३ असोज २९ गते बिहिवार

त्रिभुवन विमानस्थलको सञ्चार उपकरणमा समस्या हुँदा उडान अवतरण प्रभावित

काठमाण्डौ,चैत १० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि उडान अवतरण प्रभावित भएको छ ।

बिहान ६ बजेअघि नै प्राविधिक समस्या देखिएकाले उडान अवतरणमा केही समस्या भएको तर अहिले समस्या समाधानका लागि काम भइरहेकाले खासै असर नपर्ने विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।

उनका अनुसार राडारमा समस्या देखिँदा उडान तोकिएको समयभन्दा आधा घण्टा ढिलो भइरहेको छ ।

अहिले पौने १२ बजेसम्ममा समस्या समाधान गर्ने गरी काम भइरहेको तर उडान नरोकेको उनले बताए ।

पुराना उपकरणका कारण बेलाबेलामा यस्तो समस्या आउने गरेको पनि उनले बताए ।

प्रकाशित मिति : २०७८ चैत्र १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *