२०८३ असार २७ गते शनिवार

बर्दियामा पाटे बाघ मृत भेटियो

बर्दिया,चैत ८ । बर्दिया मधुवन नगरपालिका(२ को जनजागृति सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा भेटिएको छ ।

खाता जैविक मार्ग क्षेत्रमा पर्ने सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले जानकारी दिए ।

यो पाटेबाघ झण्डै एक हप्ताअघि नै मरेको हुनसक्ने अनुमान गरिएको छ ।

मृत फेला परेको बुढो बाघ र अर्को वयस्क बाघसँग आपसमा लड्दा घाइते भएको र प्राकृतिक रुपमा नै मरेकोे हुन सक्ने डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *