
गोल्टाकुरी, चैत्र ६ । नेपाली काँग्रेसका क्षेत्रिय प्रतिनिधि देविराम कुसारीले चुनावी खर्च बचाएर शैक्षिक सामाग्री वितरण गरेका छन् ।
पार्टिको १४ ओैं महाधिवेशनमा भएको आन्तरिक चुनावि खर्च बचाएर कुसारीले दंगिशरण २ का १२ जना विपन्न परिवारका वालवालिकालाई शैक्षिक सामाग्रि वितरण गरेका हुन् ।
नेपाली काँग्रेस क्षेत्र नम्वर ३ ख को सचिव पदका उप-विजेता कुसारीले चुनावको प्रचार प्रसारलाई कम खर्चिलो वनाई त्यस वाट बचेको रकम समाजिक काममा लगाउने घोषाणा गरेका थिए ।
यसरी बचाएको रकम वाट कुसारीले दंगिशरण २ का स्वस्तिका कवर, सुमिक्षा नेपाली, आयुष नेपाली, अनिस सुनार, सुनिल विक, सुवास विक लाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
त्यसैगरी वसन्त वली, खुसी परियार, यसुदा वस्नेत, सोनिका चौधरी, सुमिता चौधरी र कविता सेर्पालाई पनि कुसारीले शैक्षिक सामाग्री सहयोग गरेका छन् ।द्ध
त्यस अवसरमा कुसारीले खर्चिलो र भड्किलो हुँदै गएको चुनावमा गरिवको पनि पहुच पुगोस भन्ने उदेश्यका साथ आफुले चुनावमा कम खर्च गरेको वताए ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा सहभागी भएका अभिभावकले सहयोग सानो भए पनि सन्देश ठुलो भएको वताएका थिए ।
कार्यक्रममा अधिकारकर्मी रनुका विक, विमला कुसारी, गिता वस्नेत, मानबहादुर परियार, कमला परियार, तुलाराम बस्नेत लगाएतले बोलेका थिए ।