२०८१ चैत्र ६ गते बुधवार

अभिनेता आकाँश श्रेष्ठ ‘तुलसीपुर रोयल्स’का सदभावना दूत नियुक्त


तुलसीपुर, चैत ३ । नेपालका चर्चित अभिनेता आकाँश श्रेष्ठ ‘तुलसीपुर रोयल्स’का सदभावना दूत नियुक्त भएका छन् ।

तुलसीपुरका प्रतिष्ठित युवा ब्यबसायी तथा नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाका उपसभापति विनिल केसी ओनर रहेको ‘तुलसीपुर रोयल्स’को सदभावना दूतमा नेपालका सुपुरहिट नायक श्रेष्ठ सदभावना दूतका रुपमा नियुक्त भएसंगै टिमको चर्चा थप चुलिएको छ ।

‘तुलसीपुर रोयल्स’का प्रशिक्षक रुपेश शर्माले नायक श्रेष्ठ सदभावना दूतका रुपमा नियुक्त भएसंगै खेलाडीमा उत्साह थपिएको बताए ।

‘देशका अति चलेका नायक हाम्रो क्लवको सदभावना दूत भएसंगै क्लवको चर्चा चुलिएको छ,’ प्रशिक्षक शर्माले भने ‘ त्यो हौसलालाई बर्करार राख्दै हाम्रा खेलाडी लिग जित्ने उत्साहाका साथ अभ्यासमा जुटेका छन्।’

चैत १२ गतेदेखि घोराहीस्थित गुलरिया क्रिकेट मैदानमा हुने दाङ क्रिकेट लिग जिल्लाको हालसम्मकै सर्वाधिकत पुरस्कार राषीको लिग हो ।

जस्मा प्रथम हुने टिमले दुई लाख नगद र दृतिय हुने टिमले एक लाख नगद पुरस्कार जित्ने छ ।

उक्त लिगका लागि ‘तुलसीपुर रोयल्स’सहित जिल्लाका पाँच टिमका बीचमा प्रतिष्पर्धा हुने छ । खेलका लागि सबै टिमले आ–आफ्नो टिमका खेलाडीलाई अनुबन्धित गरि सकेका छन् ।

प्रकाशित मिति : २०७८ चैत्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *