२०८३ असार २७ गते शनिवार

बिरेन्द्र माबी हेकुलीले चुम्यो रनिङ शिल्डको उपाधि


लक्ष्मण बस्नेत,तुलसीपुर,चैत ३ । दङ्गिशरण गाउँपालिका अन्तर बिधालय स्तरिय चौथो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७८ को उपाधि बिरेन्द्र माबी हेकुलीले जितेको छ ।

दङ्गिशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र माबी हेकुलिकोको संयोजनमा आज बिहीवार सम्पन्न प्रतियोगितामा साविक बिजेता बिरेन्द्र माबी हेकुलिले ११ स्वर्ण,६ रजत र ५ कास्य पदकका साथ उपाधि जितेको हो ।

उपाधी संगै उसले नगद २० हजार हात पारेको छ । यस्तै सिद्ध पृथ्वी माबी श्रीगाउ ९ स्वर्ण,७ रजत र ४ कास्य पदकका साथ दोस्रो भएको छ । उसले नगद १५ हजार पार्‍यो ।

त्यस्तै ज्ञानोदय ईङ्लिस बोर्डिङ स्कुल सरुवाडाडा ५ स्वर्ण,४ रजत र ७ कास्य पदकका साथ तृतीय भयो । उसले नगद १० हजार हात पार्‍यो ।

त्यस्तै माबी मधपुरले ३ स्वर्ण,५ रजत र ५ कास्य पदकका साथ सान्त्वना स्थान प्राप्त गरेको प्रतियोगिताका सचिवालय सदस्य प्रदिप चन्दले जानकारी दिए ।

तिन दिन सम्म संचालित प्रतियोगितामा एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्डका १३ ईभेन्ट्स र भलिबल, कबडी छात्रा/ छात्रमा कडा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा पालिकाका निजि तथा सामुदायीक गरि ८ बिधालयको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन समारोह दङ्गिशरण गाउँपालिका अध्यक्ष भागी राम चौधरीको अध्यक्षतामा भएको थियो ।

सो अबसरमा बिजेता बिधालय र खेलाडी तथा उत्कृष्ट खेल प्रदर्शन गर्ने एथलेटिक्स छात्रा तर्फ बिरेन्द्र माबी हेकुलीका सुचना चौधरी,छात्र तर्फ सिद्ध पृथ्वी माबी श्रीगाउका शिवम् यरि, त्यस्तै
कबडी छात्रा तर्फ बिरेन्द्र माबी हेकुलिका प्रतिमा श्रेष्ठ, छात्र तर्फ भानु माबी प्रसडुवाका ईन्द्र राना, र भलिबल छात्रा तर्फ सिद्ध पृथ्वी माबी श्रीगाउका सुनिता डागी,छात्र तर्फ सिद्ध पृथ्वीकै सुदिप नेपालिलाई गाउँ पालिका अध्यक्ष भागी राम चौधरी, उपाध्यक्ष पिमा वलि खड्का,कार्यकारी अधिकृत खिम बहादुर खड्का, प्राबिधिक सहायक उमा केसि लगाएतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रमको संचालन दङ्गिशरण गाउँपालिका शिक्षा,युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *