२०८३ भाद्र १० गते बुधवार

तुलसीपुर जेसिजद्धारा रक्तदान

तुलसीपुर,चैत ३ । तुलसीपुर नगर जेसिजले रक्तदान कार्यक्रम गरेको छ ।

पछिल्लो समय देखिएको रगतको चरम अभावलाई राहत प्रदान गर्ने उद्देश्यले बिहिवार एक कार्यक्रमको आयोजना गरि तुलसीपुर नगर जेसिजले कालिका रक्त केन्द्रमा रक्तदान कार्यक्रम गरेको हो । त्यस अवसरमा ३४ जनाले रक्तदान गरेका थिए ।

जेसिज वर्ष २०२२ का अध्यक्ष जेसि केशब राज केसीको अध्यक्षता तथा मेट्रो अस्पतालका मेसु प्रकाश शाहुको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा पुर्ब अध्यक्ष जेसि दिपेस भण्डारी , पुर्ब अध्यक्ष मोहन सुनार,बेद प्रसाद भट्टराई लगाएतले माबताको सेवामा काम गर्दै आएको जेसिजको प्रंससा गरे ।

वर्ष २०२२ का उपाध्यक्ष जेसि कान्तुरान खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसि वसन्त भण्डारीले आस्था पाठ बाचन गरेका थिए

उक्त सहजीकरण सहसचिव जेसि सुरज भण्डारीले गरेका प्रबक्ता जेसि छवि कुमार वलिले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ चैत्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *