तुलसीपुर,चैत २ । राप्ती लाईफ केयर हस्पिटल तुलसीपुरद्वारा सञ्चालित नर्सिङ र एच.ए कलेजका बिद्यार्थीहरुलाई स्वागत तथा विदाई गरिएको छ ।
बुधवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि नर्सिङ दशौ औ बर्षका र एचएको चौथो बर्षका बिद्यार्थीहरुलाई स्वागत गरिएको हो भने एचए पहिलो वर्ष र सातौ वर्षको नर्सिङमा अध्ययनरत विद्यार्थीहरुलाई बिदाई गरिएको हो ।
राप्ती लाईफ केयर कलेजमा गठित विद्यार्थी काउन्शीलका उपाध्यक्ष आरती श्रेष्ठको अध्यक्षता तथा राप्ती लाईफ केयर प्रा.लि.का अध्यक्ष हरि रिजालको प्रमुख आतिथ्यता एवं नर्सिङ एण्ड एच.ए कलेजका प्रिन्सीपल शुसन पाण्डेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
त्यस अवसरमा प्रमुख अतिथि रिजालले आफ्नो पेसाप्रति जिम्मेवार भएर दुरदराजमा रहेका नागरिकहरुको सेवामा कटिबद्ध भएर लाग्न आग्रह गरे ।
देशलाई दक्ष जशक्तीको आवश्यक रहेको बताउँदै उनले स्वास्थ्य क्षेत्रमा निजि क्षेत्रले ठूलो योग्दान पु¥याएको दावी समेत गरे ।
कलेजका प्रिन्सीपल सुसन पाण्डेले विदाई भएर जाने तथा नयाँ आउने विद्यार्थीको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिन ।
कार्यक्रममा कलेजमा गठित विद्यार्थी काउन्शील समितिको नाम घोषणा गरिएको थियो । समितिको अध्यक्षमा डेविट केसी,उपाध्यक्षमा आरती श्रेष्ठ,सचिवमा समिर भुसाल र सदस्यहरुमा तिलक श्रेष्ठ,मनिसा अधिकारी,बिमल खड्का रहेका छन ।
सो अवसरमा प्रा.लि.का पुर्व अध्यक्ष खगेन्द्र प्रसाद पोख्रेल,निर्देशक जीवन भण्डारी,दोर्ण ओली,पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
कलेजका विद्यार्थी सर्मिला चलाउनेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थी डेविट केसी र अस्मिता शर्माले गरेकी थिइन ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए ।