तुलसीपुर,चैत १ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ प्रर्सेनी स्थित बसन्तपुर टोल विकास संस्थाको नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । मंगलवार एक कार्यक्रमका बिच तुलसीपुर–७ का वडा सदस्य रामबहादुर जिसीले उद्धघाटन गरेका हुन ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिसीले सार्वजानिक जग्गालाई संरक्षण गरि ब्यक्तिगत अतिक्रमण हुनबाट जोगाएर टोल विकास संस्थाको भवन निमार्ण गरेको भन्दै खुसि व्यक्त गरे ।
उनले टोल विकास संस्थाको भवनको संरक्षणका लागि वडा तहसगं पहल गर्ने र व्यक्तीगत रुपमा पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
त्यस अवसरमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल दलित सघं लुम्बिनी प्रदेशका सभापति जोगेन्द्र विश्वकर्माले विभिन्न स्थानबाट बसाइ सरी आउने गरिव तथा निमुखा जनताहरुको लागि ओत लाग्ने सार्वजानिक भवन नभएको अवस्थामा टोलमा आवद्ध सदस्यहरुबाट संकलित रकमबाट टोल संस्थाको भवन निमार्ण गरेर सराहनिय कार्य गरेको बताए ।
अझैपनि अधिकांश टोल संस्थाका भवन बनेका छैनन्,उनले भने,‘ यस्तो अवस्थामा पनि टोलवासीहरुबाट संकलित रकमबाट भवन निमार्ण गर्नु महान कार्य हो,यसका लागि तपाइहरु सबै धन्यवादका पात्रहरु हुनुहुन्छ ।
बसन्तपुर टोल विकास संस्थाका अध्यक्ष उत्तरकुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस तुलसीपुर ७ का सभापति ओम वलि,समाजवादी पार्टीका जिल्ला सदस्य दरिभान डाँगी,मावी कालाखोलाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चोधरी,माओवादी केन्द्रका इन्द्र रसायली,सशक्तीकरण महिला सहकारी संस्थाका अध्यक्ष पदमा कंडेल,ग्वार सुधार टोल समितिका अध्यक्ष तिलसरा विक लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका कोषाध्यक्ष संगिता विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु कार्यक्रमको सहजीकरण संस्थाका सदस्य मनोज वलिले गरेका थिए ।