२०८२ कार्तिक २५ गते मङ्गलवार

सर्वसाधारणलाई ठगी गर्न खोजेको अभियोगमा ३ पक्राउ

दाङ, फागुन ३० । सर्वसाधारणलाई ठगी आरोपमा सल्यान प्रहरीले तीन ब्यक्ति पक्राउ परेका छन् ।


जिल्लाको बनगाड कुपिन्डे नगरपालिका– ९ सेराका २४ बर्षीय गणेश बुढाथोकी, बाँकेको बैजनाथ गाउँपालिका – ४ का ५० बर्षीय होमबहादुर शाह र ४६ बर्षीय राधासिंह ठकुरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई सल्यानको बनगाड – ९ मेरा भन्ने ठाउँमा बहुमूल्य धातु रातो मकर्री हो भन्दै सर्वसाधारणलाई ठगी गर्दै हिडेको गोप्य सूचनाका आधारमा फागुन २७ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु बिरुद्ध सात दिने म्याद थप भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *