२०८३ असोज २९ गते बिहिवार

नामसालिङको एकीकृत सामुदायिक विकास परियोजनाको अनुगमन

तिर्थराज ज्ञवाली,सिसहनिया,फागुन २९ । नामसालिङ सामुदायिक विकास केन्द्र इलाम को दाङ स्थित परियोजना क्षेत्रको अनुगमन गरिएको छ ।

विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा संचालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गतका कार्यहरुको अनुगमन गरेको हो ।

नाम्सालिङ सामुदायिक विकास केन्द्रले जलवायु अनुकूलित गाउँ कार्यक्रम अन्तर्गत समुदायलाई सौर्य पम्पमा आधारित सिंचाई तथा खाने पानी, विभिन्न ऊर्जा, श्रम तथा खाद्य तत्व मैत्री कृषि प्रविधि प्रविधि, ऊर्जा तथा श्रम मैत्री सिंचाई, प्लास्टिक घर खेती प्रविधि, बायो ग्यास चुलो, सुधारिएको धुवाँरहित चुलो, साना कृषि यन्त्र, लगायत को सहयोग पुर्याउदै आइरहेकोमा सो कार्यक्रमको स्थलगत अनुगमन गरिएको हो ।

राप्ती गाउँपालिका क्षेत्रमा संचालित जलवायु अनुकूलित गाउँ कार्यक्रम को अनुगमनमा विकास कोष नर्वेकी नेपाल प्रतिनिधि क्रिस्टिन तथा योगी कायस्थ, नाम्सालिङ को परियोजना टिम लिडर हीरा बहादुर घले, परियोजना संयोजक सुबोध निरौला, नविकरणीय उर्जा कार्यक्रम संयोजक घनेन्द्र भण्डारी, कार्यक्रम संयोजक शशाङ्क आचार्य, फिल्ड सुपरभाइजर धर्म यादव तथा नाम्सालिङ का फिल्ड प्राविधिक हरुको सहभागिता थियो ।

राप्ती गाउँपालिकामा सन् २०१७ देखि सुरु भएको चार बर्षे परियोजना सन् २०२० मा सम्पन्न गरी दोस्रो चरणको कार्यक्रम अन्तर्गत यसै गाउँपालिकामा कार्यक्षेत्र विस्तार गर्दै ५ वर्षे परियोजना सुरु गरिएको छ ।

जसमा विशेष गरी कृषि, पशुपालन, अन्य आयआर्जनका कृयाकलाप, खानेपानी, सिचाई आदि जस्ता क्षेत्रमा गाँउपालिकासंग समन्वय गरी कार्यक्रम सञ्चालन भइरहेको छ ।

नामसालिङ सामुदायिक विकास केन्द्रको प्रमुख लक्ष्य एकीकृत समुदायिक विकासको माध्यमबाट ग्रामिण जनताको जिवनस्तर उकास्नु हो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *