घोराही, फागुन २४ । १ सय १२ औँ अन्तराष्ट्रिय नारी दिवशको अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
‘सामाजिक न्याय र लैंगिक समानता ः दिगो विकाशको सुनिश्चितता’ भन्ने मूल नाराकासाथ मनाईएको दिवशको अवसरमा नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम भएको हो ।
नागरिक आवाज ललितपुरको सहकार्यमा सञ्चालित महिला शान्ति र सुरक्षा कार्यक्रम अन्तरगत मंगलवार मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष विष्णु गिरीको अध्यक्षता एवं घोराही उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष खुशीराम चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले विभिन्न कारणले समाजमा मानसिक स्वास्थ्य समस्या बढ्दै गईरहेकाले सचेतना आवश्यक भएको बताए ।
उनले घोराही उपमहानगरपालिका वडा नम्बर १७ ले मानसिक स्वास्थ्यकालागी सचेतना कार्यक्रम गरिरहेको पनि बताए । समाजमा लैंगीक समानतासँगै महिलाहरुले न्यायको अनुभुति गरेमा दिगो विकासको सुनिश्चितता हुने उनको भनाई छ ।
कार्यक्रममा मानसिक स्वास्थ्य भनेको के हो, मानसिक समस्या भनेको के हो, मानसिक समस्या हुनुका कारण, समाजमा देखिने मानसिक समस्याका प्रकारहरु, मानसिक समस्याको लक्षणहरु, समस्या समाधानका उपायकहरु, सामना गर्ने तरिकाहरु लगायतका विषयमा मनोसामाजिक मनोविमर्शकर्ता लक्ष्मी ढकालले जानकारी गराएकी थिइन ।
कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालका वडा नम्बर १७ का सदस्य रेवन्ता पुनले ¥याली जुलुस गरेरमात्र भन्दा पनि नमूना कार्य गरेर दिवश मनाउन आवश्यक भएको बताए ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले शारिरिक स्वास्थ्य सँगै मानसिक स्वास्थ्य अत्यावश्यक भएकोबारे जानकार भउको बताएका थिए । समाजमा विभिन्न कारणले मानसिक समस्या बढ्दै भएको प्रति चिन्ता व्यक्त गर्दै मानसिक स्वास्थ्यबारे सबै जना सचेत हुन आवश्यक भएको सहभागीहरुको भनाई थियो ।
उनीहरुले हरेक गाँउमा समाजमा मानसिक स्वास्थ्यबारे सचेतना कार्यक्रम गर्न आवश्यक भएको भन्दै यसकालागी स्थानीय सरकारले पनि ध्यान दिन आवश्यक भएको बताएका थिए ।
कार्यक्रममा सहभागीहरु कमला पन्थी, भवानी चौधरी, जिउरानी चौधरीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण केन्द्रका सरस्वति चौधरीले गरेकी थिइन ।