दाङ, फागुन २४ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ का बारेमा सञ्चारकर्मीहरु संग छलफल गरिएको छ ।
छलफलमा सञ्चारकर्मीहरुले प्रदर्शनी सफल बनाउने अभियानमा आफुहरुको सहयोग रहेने बताएका थिए । संघले गर्ने हरेक कार्यले सामाजिक क्षेत्रको विकासमा भुमिका खेलेको समेत उनीहरुले बताएका थिए ।
प्रदर्शनीलाई यसलाई व्यवस्र्थीत र मर्यादित, सञ्चार मैत्रि बनाउन समेत सहभागिहरुले सुझाव दिएका थिए ।
प्रदर्शनी मुल आयोजक समितीका संयोजक तथा संघका अध्यक्ष टंकसिंह बुढाथोकीले प्रदर्शनीको उदेश्य, भइ रहेका कार्यका बारेमा जानकारी गराएका थिए । संघले थालेको अभियानमा सञ्चार क्षेत्रको विगत देखि नै सहयोग हुदै आएको र आउदा दिनमा पनि रहने बताएका थिए ।
त्यस अवसरमा प्रेस काउन्सीलका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङ शाखाका पुर्व अध्यक्ष प्रताप रेग्मी, आर्थिक संकलन समितीका संयोजक नारायणप्रसाद भुसाल, मुल आयोजक समितीका सह संयोजक नरेश कार्की, प्रचार प्रसार उप समितीका संयोजक एकनारायण पौडेल लगाएतकाले भनाइ राखेका थिए ।
अनुगमन तथा मुल्याङन समिती विस्तार गरिएको छ । समितीका संयोजक धुब्रराज श्रेष्ठ भारीको अध्यक्षतामा बसेको बैठले समिती विस्तार गरिएको हो ।
समितीको सदस्यहरुमा जितबहादुर के सी, खड्ग बुढाथोकी, वशन्त जोसी, ओविन्द्रवहादुर महरा, सानुनारायण अधिकारी, दीपक सुवेदी लिलाधर पन्थी, सुन्दर गौतम, शुसिलप्रकास आचार्य, माया पोख्रेल, मञ्जु व्रज्राचार्य, यादव शाह, श्रीधर पोख्रेल, श्रीधर धिताल रहेका छन् ।
बैठकले सदस्य सचिवको जिम्मेवारी श्रीधर पोख्रेललाइ दिने निर्णय गरेको छ । यसै गरेर प्रदर्शनीका लागि आर्थिक व्यवस्थापन उप समिती विस्तार गरिएको छ ।
आर्थिक व्यवस्थापन उप समितीका शुसिल पोख्रेलको संयोजकत्वमा समिती विस्ता गरिएको हो । जसको सह संयोजक निशान्त आचार्य रहेका छन् ।
समितीका सदस्यहरुमा देवीप्रसाद गुप्ता, सन्त गिरी, पुष्पराज आचार्य, दिनेश अधिकारी, प्रकास भट्ट, टिकाराम पन्थ, नारायणप्रसाद अधिकारी, राजेन्द्र रेग्मी रहेका छन् ।
संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी हुन लागेको हो ।
प्रदर्शनीको लागि प्रचार प्रसार, चिठी पत्र पठाउने, भेटघाट, छलफल कार्य समेत तिव्रता दिएको प्रर्दशी मुल आयोजक समितीका सह संयोज तथा संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए ।
प्रदर्शनी स्थलमा स्टल, गेट निर्माण, मञ्च निर्माण, वाल उद्यान्नका कामको तयारी अन्तीममा पुगेको भौतीक निर्माण उप समितीका संयोजक भरतप्रसाद रेग्मीले जानकारी दिए ।
प्रदर्शनीलाई मर्यादित तथा व्यवस्र्थीत बनाउन सबै उप समितीले काम अगाडि बढाएको मुल आयोजक समितीका संयोजक वुढाथोकीले बताए ।
अहिले सबै उप समितीहरुले आफनो कामलाइ तिव्रता दिएका । अहिले सबै उप समितीहरुले आफनो जिम्मेवारी अनुसार आफनो कामलाइ तिव्रता दिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका सञ्चार संयोजक अमरराज आचार्यले जानकारी दिए ।
