
तुलसीपुर,फागुन १९ । तुलसीपुर १८ दूधरासका युवा नेता वीरेन्द्र खड्का जसले संग्राम खोला नजिकै भेटाएको दुइ लाख भन्दा बढीको सामान सम्बन्धित व्यक्तिलाई आफै बोलायर बुझाएका छन ।
घोराही-तुलसीपुर सडकखण्डको संग्राम खोलाको पुल नजिकै सडकमा एउटा लेडिज ब्याग भेटेपछि खड्काले सामजिक सञ्जाल मार्फत जानकारी गराएका थिए ।
नेपाली काँग्रेस तुलसीपुर १८ का सभापति एवम् लायन्स क्लब अफ कालिका मालिकाका अध्यक्ष समेत रहेका खड्काले भेटिएको सामग्रीसहितको पोष्ट सामाजिक सञ्जाल फेसबुकमा राखी सम्पर्कमा आउन आग्रह गरेका थिए ।
सामाजिक सञ्जालमा पोष्ट गरेको झण्डै ५ घण्टापछि पर्स हराएकी महिला घोराही उपमहानगरपालिका ६ की शिवा वली सम्पर्कमा आएको खड्काले बताइन ।

सम्बन्धित व्यक्ति सम्पर्कमा आएलगत्तै रिपोर्टस क्लबमा पत्रकारहरुको रोहबरमा सो सामग्री हस्तान्तरण गरिएको थियो ।
सो अबसरमा हराएको सामग्री बुझ्दै घोराहिकि शिवा वलिले खुसि ब्यक्त गरिन ।
वलिले उनले “बिरेन्द्र खडका जस्तै ईमान्दार र समाजसेबिको यो समाजमा खाचो रहेको छ म आज सारै खुसि छु “।
सो अबसरमा सहजिकरणको भुमिका खेल्नु हुने पत्रकार शरद रेग्मीले युवा नेता खडकाको यो कार्यप्रति उच्च मुल्याङकन गर्दै सबैले यस्को सिको गर्नुपर्ने बताए ।
ब्याग भित्र १ थान i phone mobil , १ थान i pot, चार हजार चार सय नगद, चेक बुक एटियम र नागरिकता गरि करिब दुइ लाख भन्दा बढिको सामाग्री थिए।
