काठमाण्डौ,फागुन १८ । अर्थ मन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाइ पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका छन ।
आज बुधवार अर्थ मन्त्री शर्माले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाएर अहिले पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका हुन ।
छलफलमा बोल्दै अर्थ मन्त्री शर्माले पुँजी बजारमा देखिएका समस्या समाधान गर्नका लागि नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन गरिएको बताए ।
कार्यक्रमा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शेयर बजारमा देखिएका समस्या समाधान गर्नका लागि बोर्डले काम गरिरहेको बताए । उनले पुँजी बजार सुधारका लागि केही कानुनमा सुधार गर्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले पुँजी बजारसम्बन्धी ऐन समय सापेक्ष नभएको बताए । उनले पुँजी बजार सुधारका लागि अहिले भएका नीतिगत व्यवस्थाहरूलाई संशोधन गर्नुपर्ने आवश्यक रहेको बताए । कार्कीले शेयर बजारलाई प्रभावकारी बनाउनका लागि प्राविधिको अध्ययन गर्नुपर्ने जानकारी दिए ।
त्यस्तै अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुस्करले पुँजी बजार आन्तरिक मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी देखाउनुपर्ने बताए । उन अर्थ मन्त्रालयले नेप्से र धितोपत्र बोर्डको काम गर्ने प्रणालीलाई अन्तर्राष्ट्रिय एजेन्सीहरूसँग सहकार्य गर्ने काम अगाडि बढाएको जानकारी दिए ।
अर्थ मन्त्री शर्माले धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओलाई मोबाइल एपबाटै शेयर कारोबार हुने व्यवस्था मिलाउन निर्देशन दिँदै पुँजी बजार नबुझिकन कारोबार गर्नेलाई शिक्षित गराउनुपर्ने बताए ।
