२०८३ असार २८ गते आइतवार

जबरजस्ती करणी अभियोगमा नेकपा एमालेका सांसद बानियाँ पक्राउ


दाङ,फागुन १७ । जबरजस्ती करणी अभियोगमा नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँ पक्राउ परेका छन्।

सांसद बानियाँविरूद्ध जुम्लाकी एक महिलाले बाँके प्रहरीमा जबरजस्ती करणी गरेको गरेको भन्दै जाहेरी दिएकी थिइन्।

सांसद बानियाँलाई सोमबार साँझ नेपालगन्ज विमानस्थलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसूधन न्यौपानेले सेतोपाटीलाई जानकारी दिए।

४० वर्षीया ती महिलाले सांसद बानियाँले बाँकेस्थित होटल अप्सरामा बिहानी पख आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्।

पीडित भनिएकी महिलाले पूर्वमन्त्रीसमेत रहेका बानियाँले पैसा दिन्छु भनेर होटेलमा बोलाएको र त्यहीँ बास बस्न लगाएर बिहानी पख जबरजस्ती करणी गरेको जोहेरीमा उल्लेख गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए।

‘उहाँहरूका बीचमा लेनदेनको कुरा रहेको देखिन्छ,’ प्रवक्ता न्यौपानेले महिलाको जाहेरीबारे भने, ‘२५ लाख रकम दिन्छु भनेर होटेल अप्सरामा माघ १८ गते बोलाएको र त्यही बस्न लगाई बिहानी पख जबरजस्ती गरेको भन्ने छ।’

पीडित भनिने महिलाले दिएको जाहेरीका आधारमा हामीले पूर्वमन्त्रीलाई नियन्त्रणमा लिएका छौ,’ न्यौपानेले भने, अब प्रहरीले घटनाबारे थप अनुसन्धान गर्नेछ।’

प्रकाशित मिति : २०७८ फाल्गुन १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *