२०८३ असोज २९ गते बिहिवार

बाँकेबाट दुई महिलासहित तीन जना तीन केजी चरेशसहित पक्राउ


दाङ, फागुन १२ । बाँकेमा दुई महिलासहित तीन जना तीन केजी चरेशसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ४ का ४० बर्षीय बिरेन्द्र हमाल, सोही ठाउँकी ३८ बर्षीया दीपा बुढा र जाजरकोट जिल्लाको शिवालय गाउँपालिका – २ की २३ बर्षीया खिमा घर्ती क्षत्री रहेका छन् ।

नेपालगन्जबाट पैदल भारतीय बजार रुपैडिहा तर्फ जाँदै गरेका उनीहरु मध्य खिमाले बोकेको लेडिज ब्याक खान तलासी गर्ने क्रममा तीन केजी चरेश बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मधुसुदन न्यौंपानेले जानकारी दिए ।

लेडिज ब्याग भित्र पत्रिकाले बेरेको अवस्थामा आठ वटा पोकामा चरेश फेला परेपछि बिहीबार दिउँसो २ बजेतिर तत्काल प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको न्यौंपानेले बताए ।

पक्राउ परेकाहरु माथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *