२०८१ असार ३० गते शनिवार

आगलागी पिडितलाई आर्थिक सहयोग

तुलसीपुर,फागुन ११ । दाङ जिल्ला फोटोग्राफर एशोसिएशन तुलसीपुर शाखा र फलेक्स व्यवसायी तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका–५‘ङ’ लाइनस्थित जुत्ता–चप्पल गोदाममा भएको आगलागि पिडित परिवारलाई आर्थिक सहयोग गरेको छ ।

बुधवार एक कार्यक्रमका बिच जिल्ला फोटोग्राफर एशोसिएशन तुलसीपुर शाखा र फलेक्स व्यवसायी तुलसीपुरले संयुक्त रुपमा १२ हजार १ सय ५० रुपैया सहयोग गरेका हुन ।

उक्त रकम तुलसीपुर उद्योग वाणिज्य सघंलाई हस्तान्तरण गरिएको जिल्ला फोटोग्राफर एशोसिएशन तुलसीपुर शाखाका अध्यक्ष सुरेश भट्राईले जानकारी दिए ।

दुई संस्थाले गरेको आर्थिक सहयोगले पिडित परिवारलाई थोरै भएपनि राहत महसुस होस भन्ने मुख्य उद्देश्यले सहयोग उपलब्ध गराएको अध्यक्ष भट्राईले बताए ।

सो अवसरमा दाङ जिल्ला फोटोग्राफर एशोसिएशन तुलसीपुर शाखाका निर्वतमान अध्यक्ष सुरजजगं रायमाझी,बर्तमान जिल्ला उपाध्यक्ष नारायण विक लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *