२०८१ चैत्र ९ गते शनिवार

तुलसीपुरमा ब्राउन सुगरसहित दुई युवा पक्राउ

तुलसीपुर, फागुन ९ । तुलसीपुरमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ न्यूरोडका ३३ बर्षीय भुपलाल बिक र तुलसीपुर १८ हेमन्तपुरका २६ बर्षीय देबराज देवकोटा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।


प्रतिबन्धित लागु औषध ब्राउन सुगरको अबैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा आइतबार बेलुका ५ बजेतिर पुगेको प्रहरी टोलीले बिकलाई उनकै घरबाट पक्राउ गरेको थियो ।

बिकको साथबाट ५ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।


बिक पक्राउ परेपछि उनकै सूचनाका आधारमा देवकोटालाई पनि आइतबार राति ७ बजेतिर उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

देबकोटाले लगाएको ज्याकेट र घरको दराजबाट ३ ग्राम ६ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद भएको डिएसपी अर्यालले जानकारी दिए ।
पक्राउ परेका ब्यक्तिहरु उपर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *