दाङ, फागुन ९ । दाङबाट इट्टा बोकेर गएको टिप्पर दुर्घटना हुँदा रोल्पामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नं. २ सिर्पका ३७ बर्षीय अमृतबहादुर वलीको रा १ ख १७८७ नम्बरको टिप्पर दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएको छ ।
रोल्पाको लुङ्ग्री गाउँपालिका ४ जलुके भन्ने स्थानमा आइतबार राति दश बजेतिर भएको उक्त दुर्घटनामा परि टिप्पर चालक दाङको राप्ती गाउँपालिका वडा नं. ३ का ४३ बर्षीय दीपक केसी गम्भीर घाइते भएका छन् ।
केसीको बुटवलमा उपचार भइरहेको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेले घाइते केसीको टाउको खुट्टामा चोट रहेको जानकारी दिए ।
टिप्पलर सडकदेखि झन्डै एक सय ५० मिटर तल खसेको डिएसपी घिमिरेले बताए । दुर्घटनाको कारण खुली सकेको छैन ।
प्रकाशित मिति : २०७८ फाल्गुन ९ गते सोमवार