२०८१ असार २९ गते शुक्रवार

घोराहीमा बुहारीले सासुको हत्या गरिन,साथीलाई गुहारेर खोल्सामा फाले

तुलसीपुर, फागुन ६ । घोराहीमा सासुको हत्या गरेको आरोपित बुहारीसहित दुई जना पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका वडा नं.१९ खोलीगाउँकी २३ बर्षीया बुहारी वशन्ती घर्ती र उनकी २२ बर्षीया साथी दूर्गा घर्ती पक्राउ परेका हुन ।


बुहारी बशन्तीले ५५ बर्षीया ईन्द्रकुमारी घर्तीलाई मुंग्राले प्रहार गरि हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।


डिएसपी रिजालका अनुसार फागुन ४ गते छिमेकमा घरमा न्वारन खान गएकी ईन्द्रा राति घरमा नफर्किएपछि उनको खोजी सुरु भएको थियो ।

स्थानीयको सूचनाका आधारमा फागुन ५ गते बिहान ८ बजे घटनास्थलमा पुगेका प्रहरी निरिक्षक झबिन्द्र परियारको टोलीले घटना संकाष्पद देखेपछि अनुसन्धान सुरु गरेको थियो ।

खोजी गर्ने क्रममा ईन्द्रा घर नजिकै रहेको खोल्सामा रगताम्मे अवस्थामा मृत फेला परेकी थिइन ।

अनुसन्धानका क्रममा घरायसी बिबादका कारण बुहारी वशन्तीले सासु ईन्द्रालाई काठको मुंग्रालाई अचेत भइ लडेपछि वशन्तीले छिमेकी साथी दूर्गाको सहयोगमा नजिकैको बारीको ढिकबाट खोल्सामा फालेको तथ्य उजागर भएको प्रहरीले जनाएको छ ।


प्रहरीले आरोपित दुबैजनाई बिहीबार नै नियन्त्रणमा लिएको थियो । घटनाबारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *