तुलसीपुर, फागुन ४ । दाङमा बुधबार दिउँसो छोराले बाबुको हत्या गरेका छन् ।
जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. ३ चिराघारीको बेलडाँडा निबासी १९ वर्षीय गोपाल मगरको चक्कु प्रहार गरि ६३ वर्षीय बाबु कर्णबहादुर मगरको हत्या गरेका छन् ।
कर्णबहादुरको छोराको चक्कु प्रहारबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
तरकारी काट्ने चक्कुले घाँटी र मुखमा आक्रमण गरि छोराले बाबुको दिउँसो एक बजेतिर घरमै हत्या गरेको खुल्न आएको डिएसपी अर्यालले बताए ।
घटनास्थल पुगेका इप्रका तुलसीपुरका प्रहरी निरिक्षक तथा प्रबक्ता झलकप्रशाद शर्माले हत्या आरोपित छोरालाई प्रहरीले नियन्त्रणमा लिइ सकेको जानकारी दिए ।
छोराले पैंशा मागेको र पैंशा दिएन भनेर तरकारी काट्ने चक्कुले घाँटी तथा मुखमा आक्रमण गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको शर्माले जानकारी दिए ।
शब पोष्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल प्रहरी चौकी चिराघाटदेखि ८ किलोमिटर उत्तर तर्फ पर्छ ।
प्रहरीका अनुसार घरमा कान्छा छोरासंगै तीन आमा छोरा बस्दै आएका थिए । उनीहरुका जेठो छोरा काठमाडौंमा गाडी चालकको काम गर्ने गर्छन ।