२०८३ जेष्ठ २६ गते मङ्गलवार

बंगलाचुलीमा एमाले र माओबादी परित्याग गरि १६५ जना काँग्रेसमा पार्टी प्रबेश गरे

तुलसीपुर, माघ २९ । नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका वडा नम्बर २ मा पार्टी कार्यावलय उदेघाटन भएको छ ।

त्यसक्रममा एकीकृत नेकपा माओवादी, नेकपा एमाले परित्याग गरि वडा नम्बर १ र २ बाट पाण्डब सुनार र ताराबहादुर बिष्वकर्माको नेतृत्व ८२ जना नेपाली काँग्रेस पार्टीमा पार्टी प्रबेश गरेका छन् ।

त्यस्तै बंगलाचुली वडा नं. ६ मा पनि नेकपा एमाले परित्याग गरि शिरबहादुर पुनसहित ८३ जना नेपाली कांग्रेस पार्टीमा पार्टी प्रवेश गरेको नेपाली काँग्रेस बंगलाचुलीका सचिव बलदेब म्लले फरककोणलाई जानकारी दिए ।

ब्ंगलाचुलीमा शनिबार भएको वडा पार्टी कार्यालय उद्घाटन तथा पार्टी प्रबेश कार्यक्रममा एकै दिन १६५ जना बिभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेसमा पार्टी प्रबेश गरेको गाउँपालिकाका सचिव मल्ले जानकारी दिए ।

वडा इकाइ समितिले आयोजना गरेको पार्टी कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम वडाका सभापति मैते पुनको सभापतित्व र नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेको प्रमुख आथित्यता तथा कांग्रेस दाङका उपसभापति श्री गिरिराज सुबेदीको बिशिष्ट आथित्यमा भएको हो ।

कार्यक्रममा दाङ क्षेत्र नं. २ का सभापति भिमप्रकाश खड्का, काँग्रेस प्रदेश प्रतिनिधि पुर्णबहादुर मल्ल, पुर्ब महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद सुबेदी, काँग्रेस बंगलाचुली सभापति जागेस्वर अधिकारी, क्षेत्रीय प्रतिनिधिहरु किरण रेग्मी, खीमा बिक, बंगलाचुली गाउँ पालिका वडा नं. ४का सभापति शिबराज परियार, ५ का सभापति केशब जिसीलगायतले मन्तव्य ब्यक्त गरेका थिए । त्यस्तै नब प्रबेशिहरुको तर्फबाट पाण्डब सुनारले मनतब्य ब्यक्त गरेका थिए ।

वडाका उपसभापति नर बहादुर सुनारको स्वागत मन्तव्य बाट सुरुभयको कार्यक्रमको सहजिकरण नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका सचिब बलदेव मल्ले गरेका थिए ।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *