२०८३ कार्तिक ११ गते मङ्गलवार

निर्वाचन बाट काँग्रेस भाग्दैन : सह महामन्त्री राठोर

घोराह, माघ १२ । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले काँग्रेस चुनाव वाट नभाग्ने बताएका छन् । नेपाल प्रेस युनियन दाङले वुधवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन ।

‘नेपाली काग्रेस निर्वाचनका लागि सधै तयार छ,’ उनले भने ‘नेपाली काँग्रेस कहिले पनि चुनाव बाट पछाडि हटदैन।’

काँग्रेस लोकतन्त्रको पक्षपाति भएको भन्दै उनले लोकतन्त्र वलियो वनाउनले हकमा काँग्रेस संधै निर्वाचनका लागि अगाडि वढने बताए । पार्टी भित्र विवाद नगरि पार्टी वलियो वनाए अगाडि वढने समय आएको सहमहामन्त्री राठोरको भनाई थियो ।

‘पार्टी भित्रको गुठ उपगुठ सबै १४औ महाधिवेसन बाट अन्तय भएको छ,’ उनले भने ‘ अब नकारात्मक रुपमा नभइ सकारात्मक सोचका साथ अगाडि वढन आवश्यक छ ।’पार्टी भित्र भाग बन्डा खोज्ने कामको अन्त हुनु जरुरी रहेको उनले बताए । पार्टी भित्र भागवन्डा खोज्ने कार्यले पार्टीमा समस्या भन्दै अब जित्नेले पार्टी सञ्चालन गर्ने र हार्नेले सहयोग गर्ने वातावरण निर्माण हुनुपर्ने उनको तर्क थियो ।

‘यसमा शेखर कोइलालो पनि सभापतीलाई सहयोग गर्नु हुने छ’ राठोरले भने ।
नेता राठोरले गठबन्नको सहमति र सल्लाह पछि नै निर्वाचनको मिति घोषण हुने जानकारी दिए । ‘सहमति गरी निर्वाचन गर्ने हो र अहिले त्यसैका लागि छलफल भइरहेको छ’ उनले भने ।

सहमति भएमा तीनवटै निर्वाचन एकै पटक हुन सक्ने पनि उनले बताए । सहमति नभएमा स्थानीय तहको निर्वाचन बैशाखमै पनि हुन सक्ने उनले स्पष्ट पारे । ‘तीन वटै निर्वाचन एकै पटक गर्दा खर्च कम हुने तथा देशलाई आर्थिक भार कम हुने उनको तकर्क थियो ।

‘अहिलेको अवस्थामा यो नै उपयुक्त हुने छ ’ उनले भने । पत्रकार सम्मेलन नेपाल प्रेस युनियन दाङका कार्यवहाक अध्यक्ष नारायण खडकाको अध्यक्षतामा भएको थियो । पत्रकार सम्मेलनको सहजिकरण युनियनका जिल्ला सचिव आरके शितलले गरेका थिए ।

प्रकाशित मिति : २०७८ माघ १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *