२०८३ भाद्र ११ गते बिहिवार

प्रचण्ड माधव पूँजीवादका हिमायतीः महासचिव पोखरेल

दाङ, माघ १२। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड माधव पूँजीवादका हिमायती (पक्षलिने) भएको आरोप लगाएकाछन् ।

घोराहीमा प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधव नेपाल पूँजीवादका हिमायती भएको आरोप लगाएका हुन ।

‘नेपालमा दुई वटा पार्टी मात्र छन् । पूँजीवादको लक्ष्य लिएको काँग्रेस र समाजवादको लक्ष्य लिएको पार्टी एमाले,’ उनले भने, ‘प्रचण्ड रमाधव त पूँजीवादका हिमायती हुन । उनीहरुको लक्ष्य छैन ।’

पोखरेलले अबको निर्वाचनमा पूँजीवादको लक्ष्य लिएको काँग्रेस र समाजवादको लक्ष्य लिएको एमालेबीच प्रतिप्रर्धा हुने बताए ।जतनाले सोही उनुसार दुई पार्टी मध्ये एकलाई जिताउने उनको भनाई छ ।

यस्तै उनले अहिलेको सरकार कोरोना पूरै असफल भएको पनि बताए । ‘परमादेशबाट बनेको सरकारले ६ महिनामा केहि राम्रो कामग¥यो र? गर्न सकेन । सबै सूचक नकारात्मक छ,’ महासचिव पोखरेलले भने, ‘तपाइहरुलाई थाहा छ अर्थतन्त्र खस्कियो, विकास खर्चन्युन भयो, बैंकिङ तरलता बढेको छ, व्यापार घाटा बढेको छ ।’

उनले अहिलेको सरकार कोरोना नियन्त्रणमा समेत असफल भएको बताए ।

प्रकाशित मिति : २०७८ माघ १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *