२०८१ बैशाख ७ गते शुक्रवार

बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने बारे सहमति

काठमाडौं, माघ ४ । आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सत्तारूढ गठबन्धनका बीचमा सहमति भएको छ। तर, मिति तय गर्ने बारे फेरि थप छलफल हुने भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा वैशाखमा स्थानीय तहको चुनाव गर्ने सहमति भएको हो ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेद्रबहादुर कार्कीले बैशाखमै निर्वाचन गर्ने बारे सहमति कायम भएको जानकारी दिए । बैशाखमा स्थानीय तहको निर्वाचन भएको पाँच वर्षको कार्यकाल समाप्त हुँदैछ ।

प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *