२०८३ मङ्सिर १० गते बुधवार

अपहरणमा परेको नाटक गर्ने शिक्षकले बैतडीमा ब्यक्ति हत्या गरेको तथ्य उजागर

दाङ, पुस २९ । बैतडीमा एक शिक्षक ब्यक्ति हत्याको अभियोगमा पक्राउ परेका छन् ।

जिल्लाको सुर्नया गाउँपालिका वडा नं.६ का २३ वर्षीय शिक्षक हरिश अवस्थी स्थानीय डम्मर अवस्थीको हत्या अभियोगमा पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार प्रारम्भिक अनुसन्धानबाट हरिशले डम्मरको हत्या पछि ओडारमा गाडेको अवस्थामा शव फेला पारेको छ ।

हप्ता गरिएका डम्मर मंसिर १४ गते घरबाट एकाएक सम्पर्कविहीन बनेका थिए । डम्मर फेला नपरेपछि पुस १ गते अभिमावकले प्रहरीमा अबगत गराएका थिए ।

कलडिटेल्का आधारमा बेपत्ता डम्मरको अन्तिम फोन सम्पर्क हरिशसंग भएको देखिएपछि प्रहरीले अनुसन्धानका लागि एक दिन प्रहरीले बोलाएको थियो ।

त्यसपछि हरिशले जोगिन आँफै अपहरणको नाटक मञ्चन गरेका थिए । आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले आँफुलाई बिप्लवका कार्यकर्ताले अपहरण गरि बाँकेस्थित राप्ती नदीमा हेलिदिएको उल्लेख गरेका छन् ।

उक्त सूचनाका आधारमा प्रहरीले उनको हरिशलाई पुस २३ गते शुक्रबार बेलुका ८ बजे बाँकेस्थित राप्ती नदी किनारबाट प्रहरीले उद्धार गरेको थियो।

प्रहरी स्रोतका अनुसार मंसिर १४ गते हरिशले डम्मरको हत्या गरी ओडारमा गाडेको खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुहोस ।

‘अपहरणमा’ परेका भनिएका बैतडीका शिक्षकको कुरा नाटक जस्तै छ – प्रहरी अधिकारी

https://farakkon.com/main-news/42204/

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *