दाङ, पुस २५ । ‘अपहरण’मा परेका भनिएका बैतडीका एक शिक्षकलाई बाँके प्रहरीले आफन्तको जिम्मा लगाएर छोेडेको छ ।
आवश्यक परेको खण्डमा उपलब्ध हुने गरि बैतडीको सुर्नया गाउँपालिकाका २३ बर्षीय हरिश अवस्थीलाई उनका ठूलो बुवाले जिम्मा लिएपछि शनिबार बेलुका छोडिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
उनलाई प्रहरीले शुक्रबार बेलुका ८ बजेतिर बाँकेस्थित राप्ती नदी किनारबाट उद्धार गरेको थियो ।
अस्थायी शिक्षक अवस्थीले आफुलाई बिप्लव निकट नेकपाका कार्यकर्ताले अपहरण गरेको त्यहाँ सम्म पु¥याएको आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आँफै स्ट्याटस लेखेका छन् ।
‘ उहाँको त्यो कुरा त्यति विश्वसनीय देखिएन,’ एक प्रहहरी अधिकारीले भने ‘ घटना बैतडीको भएको हुँदा बाँकी अनुसन्धान बैतडी प्रहरीले गर्ने छ ।’
अबस्थीले अपहरण पछि आँफुलाई बाँकेस्थित राप्ती नदी किनारमा रहेको एक सौचालयमा थुनिएको, नाँङ्गै बनाएर कुटपिट गरिएको, अमानबिय ब्यबहार गरेको जस्ता कुराहरु सामाजिक सञ्जालमा लेखेका छन् ।
शुक्रबार बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले अवस्थीलाई कपडा, मोवाई, पैंशा सबै भिजेको अवस्थामा राप्ती नदी किनारबाट उद्धार गरिएको जानकारी दिएका थिए ।
उद्धारपछि अवस्थीलाई भेरी अस्पताल पु¥याएको प्रहरीले न्यानो कपडा किनेर दिएको थियो ।
अवस्थीले बैतडीबाट आफुलाई केही युवाहरुले २२ गते बिहान ८ बजे जवरजस्ती गाडीमा हुलेर ल्याएको प्रहरी समक्ष बयान गरेका थिए । तर, प्रहरी अधिकारीले भने त्यो कुरा आँफैले मञ्चन गरेको ‘नाटक’ जस्तो मात्रै देखिएको बताउँछ ।
‘ १२–१४ घन्टा लाग्ने त्यतिलामो रुटमा थुप्रै प्रहरी चेक पोष्टहरु छन्,’ एक प्रहरी अधिकारीले भने ‘त्यसरी अहिलेको जमानामा शिक्षक अवस्थीलाई कसैले अपहरण गर्ने हिम्मत गर्छ भन्ने कुरा नै विश्वसनीय देखिदैन।’
त्यतिलामो दुरी छिचोल्दासम्म थुप्रै प्रहरी चौकीहरु र बजार समेत पर्ने हुँदा शिक्षकले प्रहरीका अगाडि एक आवाज मात्रै दिएपनि त्यो प्रयाप्त हुने ठाउँहरु थुप्रै रहेको हँुदा कुरा विश्वसनीय नरहेको ती प्रहरी अधिकारीले तर्क गरे ।
‘ अपहरणमा परेका मानिसले कसरी आफ्नो सामाजिक सञ्जालमा त्यति लामो स्ट्याटस लेख्न सके ?,’ ती प्रहरी अधिकारीले प्रश्न गरे ‘स्ट्याटसको अन्तिममा हत्या सम्बन्धि लेखिएको कुरापनि धेरै सोचनिय बिषय हो ।’
शिक्षक अवस्थाीले अपहरणकारीले आँफुलाई गाडीमा हालेर सरासर बाँके ल्याइ नदी किनारको सौचालयमा थुनेर कुटपिट गर्दै अन्तिम इच्छा सोधेको तथा राप्ती नदीको धकेली दिएको प्रहरी समक्ष बयान गरेका थिए ।
‘उनीहरुले राप्ती नदीमा हेलिदिएपछि आँफु पौडी खेल्न जानेको हुँदा पौडीएर ज्यान जोगाउन सफल भएको बयान अवस्थीले गर्नु भएको थियो,’ ती प्रहरी अधिकारीले भने ‘ साँच्चि अपहरणकारीले उहाँको ज्यान लिन चाहेको भए नदीमा धकेलेर मात्रै छोड्थे भन्ने कुरापनि काल्पनिक जस्तो मात्रै छ ।’
स्रोतका अनुसार केही दिन अघिदेखि बैतडीका डम्मर अवस्थी बेपत्ता रहेका छन् । उक्त घटना रहस्यमय रहेको बताउँछ । त्यसलाई पनि केन्द्रमा राखेर प्रहरीले अनुसन्धान अगाडि बढाउने छ । शिक्षक अवस्थीले आफ्नो स्ट्याटसको अन्त्यतिर उनको हत्या भएको र त्यसमा दाइ, बहिनी र बुवामाथि दोषारोपन गर्दै आँफुलाई फसाउन अपहरण गरिएको जिकिर गरेका छन् ।
प्रहरी प्रशासनका अनुसार बेपत्ता भनिएका डम्मरकै कारण हरिशकी बहिनीको टुँगो लागेको बिबाहपनि अन्तिममा आएर रोकिएको थियो । ‘डम्मरले मेरो र हरिशको बहिनीको प्रेम सम्बन्ध छ, भनेर प्रचार गरेपछि बिबाह भाँडिएको देखिन्छ,’ एक अधिकारीले भने ‘ त्यो घटना पछि डम्मर बेपत्ता रहेको देखिएको छ ।’
‘ बेपत्ता डम्मरको अन्तिम फोन सम्पर्क हरिशसंग नै भएको तथ्य कल डिटेल्सले देखाएको छ,’ ती प्रहरी अधिकारीले भने ‘त्यो कल डिटेल्सका आधारमा बैतडी प्रहरीले अनुसन्धानका लागि हरिलाई समेत एक दिन प्रहरीमा बोलाएको थियो ।’
प्रहरीले बोलाएको समयमा उपस्थित हुने गरि मात्रै हरिशलाई छोडेको प्रहरी अधिकारी बताउँछन् । त्यसपछि हरिशले आँफै अपहरणमा परे भनेर स्ट्याटस लेख्नुले घटना थप संकाष्पद बनेको ती प्रहरी अधिकारीले तर्क गरे ।
‘बाँकी अनुसन्धान घटनास्थल बैतडी प्रहरीले गर्ने छ,’ बाँकेका ती प्रहरी अधिकारीले भने ‘ जस्ले गर्दा हरिशको अपहरणको कुरा घटना मोड्ने र आँफुलाई चोख्याउने नाटक पनि हुन सक्छ।’