२०८३ असार २७ गते शनिवार

सहकारी रकम हिनामिना प्रकरण – भण्डारी र ज्ञवालीसंग जनही ५०÷५० लाख धरौटी माग

तुलसीपुर, पुस २७ । राप्ती गाउँपालिका वडा नं. ८ स्थित सोही बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा किरण भण्डारी र रुकमाङगत ज्ञवालीलाई जनही ५०÷५० लाख धरौटी माग भएको छ ।

दाङ जिल्ला अदालतले आइतबार संस्थका पदाधिकारीहरु भण्डारी र ज्ञवालीसंग ५०÷५० हजार धरौटी माग गरेको हो ।


तोकिएको धरौटी बुझाउन नसकेपछि अदालतको आदेशले पूर्पक्षका लागि दुबै जना जिल्ला कारागार घोराहीमा पठाइएका छन् ।


त्यस्तै अदालतले उक्त सहकारीका कोषाध्यक्ष रामकृष्ण पौडेल २५ लाख धरौटी मागेकोमा उनले तोकिएको रकम बुझाएर तारेखमा रिहा भएको दाङ जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले फरककोणलाई बताए ।


गत साउनमै प्रतिबादी मध्य राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदी अदालतले मागेको साढे दुई लाख धरौटी बुझाएर तारेखमा रिहा भएका थिए ।

राप्ती गाउँपालिका वडा नं. ८ उक्त सहकारीका शिबध्वज मल्लसहितका शेयर सदस्यहरुले पाँच करोड, २७ लाख २६ हजार, ६ सय ९२ रुपैंया हिना हिनामिना गरेको भन्दै २५ जनाविलाई प्रतिबादी बनाएर अदालतमा गत असारमै जाहेरी दिएका थिए ।


रकम हिनामिना प्रकरणमा अदालतले यसअघि २० जना बिरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । मुद्दाको अन्तिम फैसला हुन बाँकी नै छ ।

यो पनि हेर्नुहोस ।

सहकारीको ५ करोड बढी रकम हिनामिना मुद्दामा २० जना बिरुद्ध पक्राउ पूर्जी जारी (नामावली सहित)

https://farakkon.com/main-news/33858/

प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *