२०८२ माघ २ गते शुक्रवार

तुलसीपुर खानेपानीमा काँग्रेसको नेतृत्वमा जान ९ दल सहमत

तुलसीपुर, पुस ९ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिमा नयाँ कार्यसमिति सर्वसहमितमा चयन गर्न दलहरु सहमत भएका छन् ।


नेपाली काँग्रेसलाई नेतृत्व दिने जिल्लामा क्रियासिल नौ दलका बीचमा सहमित कायम भएको छ ।


बिगत केहीदिन यता दलहरुका बीचमा जारी बैठकले शुक्रबार यस्तो सहमति कायम गरेको नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमालले फरककोणलाई जानकारी दिए ।


दलहरुका बीचमा भएको सहमति अनुसार नेपाली काँग्रेसलाई अध्यक्ष, नेकपा माओबादी केन्द्रलाई उपाध्यक्ष, नेकपा एमालेलाई सचिव र बिप्लव नेतृत्वको नेकपालाई कोषाध्यक्ष दिने सहमति कायम भएको माओबादी केन्द्रका नगर अध्यक्ष खुसीराम चौधरीले बताए ।


सहमति अनुसार नेकपा (एकीकृत समाजबादी) लगाएत अन्य दलहरुलाई कार्य समिति सदस्य दिने सहमति कायम भएको उक्त पार्टीका नेता डिल्लीबहादुर डाँगीले जानकारी दिए । तीन बर्षे कार्यकालका लागि तुलसीपुर खानेपानीमा नौं सदस्य कार्यसमिति निर्माण हुने गर्छ ।


‘सामाजिक संघ संस्थामा राजनीति भन्दापनि सर्वसम्मत नेतृत्व चयन गरौं भन्ने सोचले सर्वसम्मत नेतृत्व चयन गर्ने सहमति कायम भएको हो,’ नेता डाँगीले भने ।


तुलसीपुर खानेपानीमा नयाँ कार्यसमिति चयनका लागि पुस ११ गते उम्मेदवारको मनोनयन दर्ता र १७ गते निर्वाचनको मिति तोकिएको छ ।

यो पनि पढ्नुहोस ।

तुलसीपुर खानेपानीमा निर्वाचनको सरगर्मी

प्रकाशित मिति : २०७८ पुष ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *