
तुलसीपुर, पुस ७ । पुस १७ गतेलाई तोकिएको तुलसीपुर खाने पानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनका कारण चुनाबी सरगर्मी बढेको छ । खानेपानीमा पुस ९ गते उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ ।
बिगत केही दिन यता नेतृत्व आफ्नो पक्षमा पार्न प्रमुख दलहरुका बीचमा आन्तरिक र सामुहिक छलफलहरु हुँदै आएका छन् ।
मंगलबार मात्रै होटेल वष्टर्न प्यालेसमा सर्वदलिय छलफल भएको थियो । यो खवर तयार पार्दै गर्दा बुधबार बेलुका पौने ७ बजेसम्म प्रमुख तीन दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओबादी केन्द्रका बीचमा छलफल भइरहेको थियो ।
नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमाल, एमाले नगर कमिटी अध्यक्ष माधव वली र माओबादी केन्द्रका नगर कमिटी अध्यक्ष खुसीराम चौधरीका बीचमा छलफल भइरहेको छ । सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने कसरतका साथ प्रमुख दलहरु छलफलमा जुटेको नेकपा माओबादी केन्द्रका अध्यक्ष खुसीराम चौधरीले फरककोणलाई बताए ।
काँग्रेस तुलसीपुरका सभापति हमालले आँफुहरु छलफलमै रहेको र सहमति जुटाउन प्रयास गरिने जानकारी दिए ।
दलहरुका बीचमा सकभर आफ्नै पार्टीको नेता खानेपानीमा नेतृत्वमा पु¥याउने गरि दाबी र अडानहरु भइरहेका छन् ।
सहमतिमा नेतृत्व चयनको प्रयास बिफल भए लोकतान्त्रिक बिधिबाट नेतृत्व चुनिने माओबादीका चौधरीले बताए ।
काँग्रेस भित्र असअघि अध्यक्षमा पराजित यमकान्त भण्डारी, यातायात ब्यबसायी पवन बुढाथोकी, अहिलेका उपाध्यक्ष गिरधारी पौडेल, खानेपानीका पूर्व सचिव शोभाराम केसी लगाएतको नाम चर्चामा छ ।
त्यस्तै एमालेले यसअघि नै हालका सचिव मनोज लामिछानेलाई अध्यक्षको उम्मेदवार बनाउने सार्वजनिक गरेको थियो । तर, पार्टी बिभक्त भएपछि अन्य आकाँँक्षीपनि थपिएका छन् । शेबकराम भण्डारीको नामपनि उत्तिकै चर्चामा छ ।
त्यस्तै माओबादीबाट अहिलेका कोषाध्यष सिताराम शर्मा आचार्यको नाम चर्चामा छ । परिस्थिति परेमा अहिले सत्ता गठबन्धनमा रहेका दलहरुका बीचमा चुनाबी तालमेल हुन सक्ने संभावना एकजनाले नाम उल्लेख नगर्ने सर्तमा बताए ।
बीचमै राजिनामा दिएका अध्यक्ष खेमराज वलीले यसअघि नै आफु अब अध्यक्षमा नउठ्ने बताइ सकेका छन् । तर, कतिपयका शब्दमा झन्डै १३ बर्षजति खानेपानीको नेतृत्व गरेका वली अहिले पनि उचित मौकाको पर्खाइमा छन् । उनले दाउ कुरेर बसेको र दलहरुलाई बिभाजन गर्न सफल भए उम्मेदवारी दिने आन्तरिक तयारीमा जुटेको एक जनाले आशंका ब्यक्त गरे ।
