२०८३ भाद्र १२ गते शुक्रवार

तपाँई ‘स्मार्ट’ बन्न चाहानुहुन्छ भने ‘मोरु वालेट’को प्रयोग गर्नुहोस

मंसिर २९ । के तपाँई बदलिदो समय संगै प्रबिधिको प्रयोग गरि आँफुलाई ‘स्मार्ट’ बनाउन चाहानु हुन्छ ? के तपाँई बिल तिर्न वा कर तिर्न घन्टौं लाईनमा बस्ने परम्परागत सैलीबाट आजित हुनुहुन्छ ? र त्यसबाट छुटकारा पाउन चाहानु हुन्छ ? घरै बसेर आँफैले मोवाईल मार्फत सजिलो गरि दैनिक कारोबार गर्न चाहानुहुन्छ भने तपाँई ‘मोरु वालेट’ प्रयोग गर्नुहोस ।

समय संगै आँफूलाई स्मार्ट बनाउँदै लैजाने चाहाना भएकाहरुका लागि मोरु वालेट किफायती छ । यस्को प्रयोगले तपाँई नगद बोकेर हिडिरहने झन्टट बाटपनि मुक्त हुन सक्नु हुन्छ । तपाँईको समय र तनाब दुबै मुक्त गर्ने सजिलो माध्यम मोरु वालेट एउटा एप हो । गुगलबाट मोरु वालेट डाउनलोड गरि तपाँई यस्को प्रयोग गर्न सक्नु हुने छ ।

जस्को तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले बुधकार उद्घाटन गर्नु भएको छ । मोरुका एक सञ्चालक बिनिल केसीले सर्वसाधारणले खाने पानी, बिजुली बत्तिको बिल तिर्न तथा ब्यापारी ब्यबसायीले कर कार्यालयमा कर तिर्न समेत मोरुको प्रयोग गर्न सक्ने सुबिधा रहेको बताए । ‘पैंशा बोकिरहनु पर्ने झन्टट नहुने हुँदा कतै चोरी हुने वा लुटिने चिन्तापनि हुँदन,’ केसीले थपे ‘बिल भुक्तानी गर्न वा कर तिर्न घन्टौं लाइनमा बसिरहनु पर्ने टेन्सन नहुने हुँदा मोरुको प्रयोगले समयको बचतपनि हुन्छ।’

केसीका अनुसार दाङ तथा तुलसीपुर क्षेत्रमा मात्रै झन्डै डेढ बर्षको अबधिमा मोरुको प्रयोग कर्ता ३० हजार पुगि सकेको भन्दै डिजिटल वालेट मोरुको लोकप्रियता दिनप्रतिदिन बढ्दै जाने विश्वाश ब्यक्त गरे ।

तनहुँका मोरु वालेटका ब्यापार तथा अप्रेसन प्रमुख श्रीश पौडेलले झन्डै डेढ बर्षको अबधिमा मोरु वालेटका पाँच लाख प्रयोग कर्ता पुगि सकेको जानकारी दिए । सन २०२० को ३१ जनवरीबाट मोरु वालेटको सुरुवात भएको उनले बताए ।

‘ पहिला हाम्रा पुर्खाले मुद्रालाई मोरु भन्ने गर्दथे र आज हामीले त्यसैलाई मोवाईल रुपैंया मोरुको नाम दिएका हौं,’ पौडेलले भने ‘ मोरु डिजिटल जीवनको एउटा सुरुवात हो र यस्ले मानिसलाई स्मार्ट बनाउन सहयोग गर्ने छ ।’अरु वालेटले जस्तो मोरु वालेटले एजेन्ट नबाउने र यसका आम प्रयोग कर्ता अर्थात ग्राहक नै एजेन्ट बन्ने हुँदा मोरु वालेटहरु भन्दा किफायती रहेको उनले दाबी गरे ।

मोरु वालेटका अधिकाँस पदाधिकारीहरु बिदेशमा काम गरेर स्वदेशमा फर्किएकाहरुले सञ्चालन गरेको वालेट हो ।तनहुँका मोरु वालेटका ब्यापार तथा अप्रेसन प्रमुख पौडेल चाटर्ड एकाउन्टेन्ट हुन । उनी भारतमा काम गरेर फर्किएका ब्यक्ति हुन ।

यो वालेटका प्रमुख कार्यकारी सप्तरीका आसितोस साह र अध्यक्ष दाङका भूपेन्द्र भण्डारी छन् । कोरोना भाइरसको महामारीको समयमा मोरु वालेटले धेरैलाई कारोबार गर्नका लागि सहज माध्यम बनेको अध्यक्ष भण्डारीले बताए ।

‘तपाँई जहाँ सुकै जानुहोस,तर तपाँईले पैंशा बोकिरहने झन्झट रहँदैन,’ भण्डारीले भने ‘तपाँई मोरुको प्रयोग गर्नुहुन्छ भने तत्कालै डिजिटल प्रबिधिबाट कुनैपनि बिलको भुक्तानी तत्काल गर्न सक्नु हुने छ ।’

तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेले मोरु वालेट संगको सम्झौतापछि नगर र नगरबासीलाई स्मार्ट बन्न मद्दत पुग्ने आशा ब्यक्त गरे ।

‘तपाँई ‘स्मार्ट’ बन्न चाहानुहुन्छ भने ‘मोरु वालेट’को प्रयोग गर्नुहोस,’ मेयर पाण्डेले भने ‘ यस्को प्रयोगले तपाँई समय संगै चल्न सक्नु हुने छ र तपाँई स्मार्ट बन्दै जानु हुने छ।’

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *