२०८३ कार्तिक १० गते सोमवार

काँग्रेस अधिबेशन – दाङमा ३ संघीय सभापति पदमा ७ जनाको उम्मेदवारी

तुलसीपुर, मंसिर ६ । नेपाली काँग्रेसको मंगलबार हुन गइरहेको संघीय महाधिबेशनमा दाङका तीन निर्वाचन क्षेत्रमा सात जनाको उम्मेदवारी परेको छ ।

तीन संघीय सभापति पदमा सात जनाका बीचमा प्रतिपर्धा हुन थालेको हो । दाङको निर्वाचन क्षेत्र नं. ३ मा सबै भन्दा धेरै तीन जनाको उम्मेदवारी परेको छ । जहाँ संस्थापन प्यानलबाट सुरेन्द्रबहादुर खड्का, संस्थापन इतरबाट हालका संघीय सभापति जगतबहादुर खड्का र एकल रुपमा नेता किरण शाहले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा सभापति पदमा संस्थापन पक्षबाट भिमप्रकाश खड्का र संस्थापन इतरबाट चित्रबहादुर डाँगी (निर्मल)को उम्मेदवारी परेको छ ।

त्यस्तै दाङ निर्वाचन क्षेत्र नं. १ मा संस्थापन पक्षधर भेषराज पाण्डे र संस्थापन इतरका मानिने सर्वजित डिसीको उम्मेदवारी परेको छ ।

क्षेत्र नं. ३ मा किरण शाह बाहेक अरु सबैले प्यानल खडा गरि निर्वाचनमा होमिएका छन् । नेतृत्व चुन्न मंगलबार निर्वाचनको मिति तोएिको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *