२०८३ कार्तिक १० गते सोमवार

दाङ क्षेत्र नं. ३ को संघीय सभापति पदका लागि दुबै खड्का भिड्दै

जगतबहादुर खड्का दीपक गिरी र सुरेन्द्रबहादुर खड्का गेहेन्द्र गिरी प्यानलका उम्मेदवार

तुलसीपुर, मंसिर ५ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत मंसिर ७ गते हुने भनिएको संघीय सभापतिका लागि दाङको निर्वाचन क्षेत्र नं. ३ मा दुबै खड्का भिड्ने भएका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीको प्यानलबाट अहिलेका क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का र पूर्व माननिय गेहेन्द्र गिरीको प्यानलबाट जिल्ला सदस्य सुरेन्द्र खड्का नेतृत्वको लडाइमा आमनेसामने भएका छन् ।
आइतबार दुबै प्यानलले सभापति पदका उम्मेदवार सार्वजनिक गरेका हुन ।

नाताले खड्का दाजु भाइ पर्छन । क्षेत्रीय सभापतिका रुपमा जगतबहादुर खड्काको यो लगातार तेस्रो कार्यकाल हो । उनले करिब ११ बर्षदेखि क्षेत्रमा नेतृत्व सम्हाल्दै आएका छन् ।

साबिक निर्वाचन क्षेत्र नं. ४ मा निर्वाचित भएपनि साबिक क्षेत्र नं. ५ सभापति वशन्त देवकोटाको अवशानपछि दुबै क्षेत्रको नेतृत्व गर्ने अवसर जगतलाई प्राप्त भएको थियो ।

मुलक संघीयतामा जाँदा निर्वाचन क्षेत्र समायोजन गरि क्षेत्र नं. ४ र ५ लाई गाभेर क्षेत्र नं. ३ बनाइएको थियो । त्यसपछि केन्द्रले क्षेत्र नं. ३ को नेतृत्व गर्ने जिम्मेवारी फेरि ६६ बर्षीय जगतबहादुर खड्कालाई नै प्रदान गरेको थियो ।

त्यस्तै सुरेन्द्रबहादुर खड्का घनश्याम रेग्मी जिल्ला पार्टी सभापति हुँदा २०६७ सालमा जिल्ला जिल्ला सहसचिवको जिम्मेवारी निर्वाह गरेका नेता हुन ।

जिल्ला सदस्य निर्वाचित भएपछि सुरेन्द्रलाई क्रियासिलता र कार्यक्षमताको आधारमा रेग्मीले जिल्ला सहसचिवमा मनोनित गरेका थिए ।

५५ बर्षीय सुरेन्द्रले १३औं महाधिबेशनमा सर्वाधिक लोकप्रिय मत प्राप्त गरि जिल्ला सदस्यमा निर्वाचित भएका ब्यक्ति हुन । घरकै सहोदर काका कीर्तिबहादुर खड्का जिल्ला सभापतिमा निर्वाचित भएपछि उनको भूमिका यो बीचमा कमजोर बन्न पुगेको जानकारहरु बताउँछन् ।

‘एउटै घरबाट बाबु छोरालाई पार्टीमा अवसर दिनुहुन्न भन्ने मान्नेताका कारण यतिखेर सुरेन्द्र चुप लागेर बस्नु परेको अवस्था हो,’एक नेताले भने ‘अन्यथा सुरेन्द्रपनि राजनीतिमा अगाडि बढी सक्ने थिए ।’

जगत तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँका स्थायी बासिन्दा हुन । तर, पछिल्लो समय जगत तुलसीपुर ५ स्थित आफ्नै घरमा बस्दै आएका छन् । उनको बिभिन्न क्षेत्रको ब्यापारमा लगानी पनि छ ।
त्यस्तै सुरेन्द्र तुलसीपुर ४ रक्षाचौरका स्थायी बासिन्दा हुन । हाल उनी राप्ती आँखा अस्पला रक्षा चौर संचालक समितिका सचिव पनि हुन ।

बिभिन्न सामाजिक संघ संस्थामा आवद्ध खड्का स्थानीय ‘नमुना गुरु जजुरु मावि’का पूर्व सञ्चालक समितिका अध्यक्ष हुँदा बिद्यालय सुधारमा महत्वपूर्ण योगदान गरेका ब्यक्तिपनि हुन ।

यी दुबै दाजु भाइ नेता तथा कार्यकर्ताका बीचमा लोकप्रिय छन् । दुबैले आ–आफ्नो जितको दाबी गरेका छन् ।
तर, यी दुई दाजु भाइ बीचमा परिनाम कस्को पक्षमा आउँछ ? भन्ने कुरा मंसिर ७ गते हुने भनिएको निर्वाचनले नै छिनोफानो गर्ने देखिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *