२०८३ भाद्र १२ गते शुक्रवार

काँग्रेस बाँकेमा ५ पालिकामा देउवा प्यालन र ३ मा कोईराला प्यानल बिजयी

नेपालगन्ज, मंसिर ४ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ८ पालिकाहरु मध्य ५ वटा पालिकामा देउवा प्यालन र ३ वटामा कोइराला प्यानल बिजयी भएका छन् ।

देउवा प्यानलले नेपालगन्ज उपमहानगरपालिकासहित राप्ती सोनारी, बैजनाथ, खजुरा र जानकी गाउँपालिकामा जितेको छ ।
त्यस्तै कोईराला प्यानलले कोहलपुर नगरपालिकासहित नरैनापुर र डुडुवा गाउँपालिकामा जितेको छ ।

नेपालगन्ज उपमहानगरमा सभापति सहित संस्थापन पक्षको पुरै प्यानल निर्वाचित भएको छ । सभापतिमा प्रशान्त विष्टसहित पदाधिकारीमा सबै संस्थापन पक्षकै निर्वाचित भएका छन् । विष्टले २ सय ४३ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी संस्थापन इतर कोइराला पक्षकी उमा थापामगरले ७६ र संस्थापन पक्षकै बिनोद रिजालले ४१ मत प्राप्त गरेका थिए ।

त्यस्तै राप्ती सोनारी गाउँपालिकामा देउवा प्यानलका भिमबहादुर राना क्षेत्रीहित पदाधिकारीमा सबै संस्थापन पक्षकै निर्वाचित भएका छन् । राना क्षेत्रीले १ सय मत प्राप्त गर्दा प्रतिष्पर्धी कोईराला प्यानलका तुलाराम खत्रीले ६९ मत प्राप्त गरेका थिए ।
त्यस्तै बैजनाथ गाउँपालिकामा पनि देउवा प्यानलकै देवबहादुर केसी (खत्री) निर्वाचित भएका छन ।

त्यस्तै खजुरा गाउँपालिका सभापतिमा रमेश सिजालीसहित देउवा प्यानल कै वर्चश्व रहेको छ ।
त्यस्तै जानकी गाउँपालिका सभापतिमा दयाराम यादव (अहिर) सहित अधिकांस पदमा देउवा प्यानलकै निर्वाचित भएका छन् ।

त्यस्तै कोहलपुर नगर सभापतिमा कोईराला प्यानलका बीरेन्द्रकुमार शाहसहित पदाधिकारीमा सबैले जितेका छन् । यहाँ प्रतिष्पर्धी राजेन्द्रकुमार श्रेष्ठलाई शाहले १६ मत अन्तरले पराजित गरेका थिए । शाहले १ सय ६० र श्रेष्ठले १ सय ४४ मत मात्रै प्राप्त गरेका थिए ।

त्यस्तै डुडुवा गाउँपालिका सभापतिमा विजयकुमार यादवसहित अधिकांस पदमा कोईराला प्यानलका निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै नरैनापुर गाउँपालिका सभापतिमा कोईराला प्यानलकै मेराज अहमद खाँ र पदाधिकारीको केही पदमा संस्थापन पक्षका निर्विरोध भएका छन ।

बाँकेमा नेपालगन्ज, कोहलपुर, राप्ती सोनारी र बैजनाथ गाउँपालिकामा मतदान मार्फत नेतृत्व चयन गरिएको हो । जिल्ला निर्वाचन अधिकृत रेवतीरमण भट्टराईका अनुसार नरैनापुर, डुडुवा, जानकी र खजुरा गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *