२०८३ जेष्ठ ३० गते शनिवार

बाँकेको राप्ती सोनारीको अध्यक्षमा काँग्रेसका भिमबहादुर राना क्षेत्रीको टिम बिजयी

दाङ, मंसिर ३ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बाँकेको राप्ती सोनारी गाउँपालिकामा संस्थापन पक्षधर भिमबहादुर राना क्षेत्री सभापतिमा निर्वाचित भएका छन् । यसअघि पनि क्षेत्री नै सभापतिको जिम्मेवारीमा थिए ।
शुक्रबार बेलुका प्राप्त मतपरिनाम अनुसार क्षेत्रीको टिममै निर्वाचित भएको छ ।

क्षेत्रीले एक सय मत प्राप्त गरी निर्वाचित भएका हुन । उनका प्रतिपष्र्धी संस्थापन इतर पक्षका तुलाराम खत्रीले ६९ मत मात्रै प्राप्त गरे । खत्री यसअघिका गाउँपालिका सचिवको जिम्मेवारीमा थिए ।

त्यस्तै उपसभापतिमा धनबहादुर थारुले ९१ र शेरबहादुर घर्ती मगरले ९३ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनीहरुका प्रतिष्पर्धीहरु तेजबहादुर ओलीले ७० र मदन बुढाले ६६ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
त्यस्तै सचिवमा सन्तोष चौधरीले एक सय तीन र सुरेशकुमार डाँगीले ९६ मत प्राप्त गरि बिजयी भएका छन् । उनीहरुका प्रतिष्पर्धी रुद्रमणि ढकालले ६६ र भोला थारुले ६३ मत प्राप्त गरे ।

सहसचिवमा तारादेवी बिक र मनोजकुमार बैश्यले समान ९६ मत प्राप्त गरि बिजयी भएका छन् । उनीहकरुका प्रतिष्र्धीहरु मानबहादुर खड्काले ७३ र बिसवी परियारले ६४ मत प्राप्त गरेका छन् ।

राप्ती सोनारीमा कुल एक सय ७४ मतदाता रहेकोमा एक सय ७३ मत खसेको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *