रोल्पा, पुष २३ । रोल्पामा भएको बस दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबार बेलुकी पख आशिर्वाद यातायात प्रालीको बा १ ख ५५२१ नम्वरको बस दुर्घटना हुँदा लुङ्ग्री गाउँपालिका वडा नं. ३ जुतुङ निवासी ११ महिने बालक नितेश विक र स्वर्गद्वारी नगरपालिका वडा नं. ५ सारी निवासी २४ बर्षीय बसका चालक नवराज आलेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बालकको घटनास्थलमै र आलेको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । उक्त दुर्घटनामा परि थप २३ जना यात्रु घाइते भएका छन् । त्यसमध्य २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । बसमा ३० यात्रु सवार थिए ।
सुलिचौरबाट लुङ्ग्री गाउँपालिकाको जुतुङखोला जाँदै गरेको बस उकालोमा दुर्घटना हुँदा ५० मिटर तल खसेको थियो ।