२०८२ चैत्र ३ गते मङ्गलवार

काँग्रेसमा युवा नेता जागेश्वर खड्काले खुल्ला केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरे

तुलसीपुर,कात्तिक २५ । नेपाली काँग्रेसको आशन्न १४औं महाधिबेशनका लागि युवा नेता जागेश्वर खड्का (जेके)ले दाङको निर्वाचन क्षेत्र नं. ३ बाट खुल्ला तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहा निवासी खड्काले बिहीबार आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । १४औं महाधिबेशनका क्रममा खड्का तुलसीपुर ११ बाट वडा क्षेत्रीय प्रतिनिधिमा निर्वाचन मार्फत निर्वाचित भएका हुन ।

यो पटक पार्टी भित्र पूर्व माननिय गेहेन्द्र गिरीको प्यानलबाट चुनावमा भिडेका खड्कासहित तिन जनाले मात्रै टिमबाट जितेका हुन ।

१३औं महाधिबेशनको क्रममा पनि युवा नेता खड्का सबै भन्दा धेरै मत पाएर क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए ।
गुट उपगुटको अन्त्य गरि पार्टीलाई वडा तहबाटै थप सशक्त बनाउन आफुले उम्मेदवारी घोषणा गरेको युवा नेता खड्काले बताए ।

‘गाउँघरमा कहिलै जनताको सुखदुखमा साथ नदिने,कहिलै संगठन निर्माणमा नलाग्ने तर नेताको वरिपरी फन्को मार्नेहरुकै कारण कार्यकर्ता निराश बनेका छन्,’ युवा नेता खड्काले भने ‘ मेरो उम्मेदवारी काम गर्ने कालु तर मकै खाने भालु प्रबृतिका बिरुद्ध हो ।’

उनले कुनै गुटबाट नभइ स्वतन्त्र रुपमा उम्मेदवारी दिएको बताए । ‘मलाई नेता भन्दापनि कार्यकर्ता र मतदाताले माया गर्नु हुन्छ,’ उनले भने ‘म उहाँहरुकै सल्लाहले मैदानमा उत्रिएको हो ।’
एउटा लोकतान्त्रिक पार्टीको सिपाही हुनुको नाताले त्यही लोकतान्त्रिक अभ्यासका लागि आफुले उम्मेदवारी दिएको खड्काले तर्क गरे ।

‘जित हारको कुरा फरक पाटो हो,’ उनले भने ‘रेसमा सहभागी हुनुपनि अदम्मे साहास हो ।’
फरासिला स्वभावका खड्का आफ्नो क्षेत्रका कार्यकर्ता माझ निकै लोकप्रिय नेता मानिन्छन् । उनी कुनैपनि ब्यक्तिलाई समस्या पर्दा दिल फुकाएरै सहयोग गर्न तयार हुन्छन् ।

‘म कसैलाई कुनैपनि खाले अप्ठेरो पर्दा रात दिन जतिखेर पनि जहाँ भनेपनि हाजिर हुन तयार हुन्छु,’ उनले भने ‘ मेरो मनमा कसैका प्रतिपनि कुनै गलत भावना छैन र म जस्तालाई त्यस्तै ब्यबहार गर्छु । कसैको चाकडी र चाप्लुसी गर्न मलाई आउँदैन।’

क्षेत्रीय प्रतिनिधि खड्काले अहिले अग्रज नेताहरुले लोकत्रान्त्रिक बिधि र प्रक्रिया बिपरित आफु आइन्न कि ? भन्ने त्रासका कारण सर्वसम्मतिको कुरा गर्नु अनुचित भएको बताए ।

‘वडामा हामीलाई आपसमा गुट उपगुट भनेर भिडाउने नेताहरु आज आँफू कसरी आउने भनेर तैंचुप मैंचुपको अवस्थामा बस्नु अवसरबादी चरित्र हो,’ खड्काले भने ‘लोकतन्त्रको गफ छाँटेर नथाक्नेहरु मैदानमा उत्रन डराउन सुहाउँदैन ।’
मैदानमा उत्रिएपछि मात्रै सही रुपमा नेताको मुल्याङकन हुने हुँदा आफ्ना अवस्था परीक्षणको लागि पनि आफुले खुल्लाबाट केन्द्रीय महाधिबेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेको खड्काले बताए ।

दाङ निर्वाचन क्षेत्र नं. ३ मा खुल्लाबाट केन्द्री महाधिबेशन प्रतिनिधिमा जम्मा १० जना मात्रै निर्वाचित भएर आउने हुन । तर, यहाँ झन्डै ६० जना जतिको सोही पदमा उम्मेदवारी पर्ने संभावना रहेको जानकारहरु बताउँछन् । आरक्षणकोटा समेत गरि २५ जना यो क्षेत्रबाट महाधिबेशन प्रतिनिधि आउने अवस्था रहेको छ ।

दाङमा मंसिर ६ गते केन्द्रीय महाधिवेशन प्रतिनिधि चुन्नका लागि मतदानको समय तोकिएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *