२०८३ असार २८ गते आइतवार

यस्तो छ, काँग्रेसमा १४औं महाधिबेशनको नयाँ कार्यतालिका

दाङमा मंसिर ३ मा प्रदेशसभा, मंसिर ६ मा प्रतिनिधिसभा, मंसिर १० मा जिल्ला र मंसिर १६ र १७ गते प्रदेश अधिवेशन हुने

काठमाडौं, कात्तिक ११ । नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिबेशन मंसिर २४ , २५ र २६ गते काठमाडौैंमा हुने भएको छ ।

बुधबार मात्रै निर्वाचन समितिले मंसिर २७ देखि महाधिवेशन गर्न प्रस्ताव गरेको भएपनि बिहीबारको बैठकले मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।

काँग्रेसले वडा अधिवेशन सुरु नभएका १३ जिल्लाहरुमा कात्तिक २७ गते वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
वडा अधिवेशन समेत नभएका जिल्लाहरुमा कात्तिक २७ गते वडा अधिवेशन, कात्तिक ३० गते पालिका अधिवेशन, मंसिर ३ मा प्रदेश सभा अधिवेशन, मंसिर ६ मा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र मंसिर १० मा जिल्ला अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

अधिवेशन गर्न बाँकी रहेका हिमाली जिल्लाहरु दार्चुला, सोलुखुम्बु र म्याग्दीमा कात्तिक २७ गते प्रदेशसभा अधिवेशन र मंसिर १ गते जिल्ला अधिवेशन गर्ने निर्णय काँग्रेसले गरेको छ ।

सार्वजनिक नयाँ कार्यतालिका अनुसार जुम्लामा मंसिर १ गते जिल्ला अधिवेशन हुने भएको छ । त्यस्तै पालिकासम्मको अधिवेशन भइ सकेका दाङसहितका ४६ जिल्लाहरुका हकका छुट्टै तालिका सार्वजनिक गरिएको छ । यी जिल्लाहरुमा मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशन गर्ने गरि तालिका सार्वजनिक गरिएको छ ।

त्यस्तै मंसिर १६ र १७ गते प्रदेश अधिवेशन हुने भएको छ । त्यस्तै केन्द्रीय कार्यसमितिको अधिबेशन गर्न मंसिर २१ गतेदेखि निर्वाचन कार्यक्रमको कार्यतालिका सार्वजनिक गरिएको छ ।

तर, बिहीबार सार्वजनिक नयाँ तालिकामा रौतहट र रसुवाको लागि कुनै तालिका सार्वजनिक गरिएको छैन ।
ती जिल्लाहरुमा क्रियाशील सदस्यता विवाद समाधान नभएका कारण बिबाद रहँदै आएको हुँदा त्यहाँ महाधिबेशन हुन सकिरहेको छैन । ती जिल्लाको बिबाद समाधान गर्ने बारे शिर्ष नेताहरुको बीचमा छिट्टै छलफल हुने काँग्रेस निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *