२०७८ कार्तिक १ गते सोमवार

कालोखोला माबिमा ६७ लाखमा अपाङ्ग अध्यन केन्द्र निर्माण सुरु

तुलसीपुर, असोज २४ । माध्यामिक विद्यालय कालाखोलामा अपाङ्ग अध्यन केन्द्र भवन निर्माण हुने भएको छ ।

त्यहाँ ६७ लाख लगातमा करेसाबारी सहित ६ कोठे भवन निर्माण गर्न लागिएको छ । भवन एक बर्षमा सम्पन्न गर्ने सम्झौता भएको छ ।

आइतबार तुलसीपुरका मेयर घनश्याम पाण्डेले अध्यन केन्द्रको शिलान्यास गरेका हुन ।


त्यसक्रममा मेयर पाण्डेले विद्यालयको भौतिक, शैक्षिक सुधारका लागि बितको ४ बर्षको अवधिमा निक्कै काम गरेको दाबी गरे ।


उनले आँफूले निर्वाचनमा गरेका बाचा मध्य अधिकांस कार्यान्वयनको चरणमा रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा छायाँ नेपालका निर्देशक कमल थापा, तुलसीपर ७ का वडाध्यक्ष टोपबहादुर केसी, विद्यालयका प्रधानाध्यापक राजिभ ओझा, साहयक प्रधानाध्यापक छविलाल न्यौपाने लगाएतले मनतब्य ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *