२०८० चैत्र १६ गते शुक्रवार

दूरसञ्चारद्धारा बिद्युत प्राधिकरणलाई कारबाहीको चेतावनी

काठमाडौं, असोज १७ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई कारबाही गर्ने चेतावनी दिएको छ।
देशका विभिन्न ठाउँमा अप्टिकल फाइबर काटेर इन्टरनेट सेवा अवरुद्ध पारेको भन्दै दूरसञ्चारले बिद्युत प्राधिकरणलाई कारबाहीको चेतावनी दिएको हो ।

दूरसञ्चारले सार्वजनिक सूचना प्रकासित गर्दै विद्युत प्राधिकरणले गर्दा धेरै स्थानहरुमा इन्टरनेट सेवा अवरुद्ध भएको जनाएको छ ।
पोल भाडादर विवादका कारण बिद्युत प्राधिकरणले धमाधम अप्टिकल फाइबर काट्न थालेको छ । जसले गर्दा इन्टरनेट सेवा अवरुद्ध बन्न पुगेको छ ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल र नेपाल विद्युत प्राधिकरणबीच उत्पन्न समस्या समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा छलफल हुँदै आइरहेको भएपनि कुरा मिलि सकेको छैन ।

दूरसञ्चार ऐन २०५३ अनुसार अप्टिकल फाइबर काट्ने् र इन्टरनेट सेवा अवरुद्ध गर्नेलाई दण्ड ब्यबस्थाको सजाए भएको हुँदा सोही अनुसार दुर सञ्चारले बिद्युतलाई कारबाहीको चेतावनी दिएको हो ।

प्रकाशित मिति : २०७८ असोज १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *