२०७७ कार्तिक ११ गते मङ्गलवार

राष्ट्रिय पोशाक नेपालीहरुको एकताको प्रतिक – प्रजिअ रिजाल

दाङ, पुष १७ । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले राष्ट्रिय पोशाक नेपालीहरुको भावनात्मक एकताको प्रतिक भएको बताएका छन् । छैंठौ राष्ट्रिय पोषाक दिवसको अबसरमा मंगलवार राष्ट्रिय पोषाक संरक्षण महाअभियान दाङले मंगलवार घोराहीमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै प्रजिअ रिजालले राष्ट्रिय पोषाक कुनै बर्ग बिषेशको नभई सबै नेपालीहरुको भावनात्मक एकताको प्रतिक भएको बताएका हुन । नेपाली सँस्कृति संग जोडिएको दौरा सुरुवाल, गुन्यु र चोलिको महत्व पुर्खाको पहिचानको रुपमा ग्रहन गर्नुपर्ने उनको तर्क छ ।

जिल्ला प्रहरी कार्यालय दाङ प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले नेपाल बहुसाँस्कृतिक,बहुधार्मिक मुलुक भएको हुँदा एकले अर्काको कला संस्कृतिको सम्मान गर्न आवश्यक रहेको बताए ।

सामामजिक एकतामा खलल् पु्न्नेकाम कहि कतै हुन नहुने नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सबिन प्रियासनले बताए । सिसा नेपालका अध्यक्ष साजिदा सिद्धिकीले सबै जात जाती भाषा भाषी र धार्मीक सम्प्रदायको साझा पहिचान रक्षा गर्न सबै लाग्नु पर्ने धारणा राखिन । राष्ट्रिय पोषाक संरक्षण महाअभियान दाङ जिल्ला कार्यसमितिका संयोजक शमिर वलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार विष्णुकुमार देवकोटाले गरेका थिए ।

प्रकाशित मिति : २०७५ पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *