तुलसीपुर, असोज ३ । नेपाली काँग्रेसको आसन्त १४ औं महाधिबेशन अन्तरगत घोराही उपमहानगरपालिकामा नगर सभापतिका एक जना उम्मेदवार रमेश पाण्डेले आँफू अबदेखि नगरको रेसबाट बाहीरिएको बताएका छन् ।
आइतबार फरककोणसंग घोराही १५ का वडाध्यक्ष समेत रहेका पाण्डेले आफू नगर सभापतिको रेसबाट बाहीएको जानकारी दिएका हुन ।‘म नगरको राजनीति छोडेर क्षेत्रीय राजनीतिमा जाने निर्णयमा पुगेको छु,’ पाण्डेले भने ।
नेताहरु संगको सरसल्लाह पछि आँफू घोराही नगर कमिटीको सभापति पदको उम्मेदवारबाट ब्याक भएको पाण्डेले जानकारी दिए ।
यसअघि पाण्डे पार्टी भित्र कोईराला लाइनबाट उम्मेदवारी घोषणा गरेका थिए । उनी राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, पूर्व जिल्ला सभापति बिरकेश्वरी गौतम लगाएका नेताहरुको साथसमर्थनमा उम्मेदवार बनेको चर्चा पाएको थियो ।
पाण्डेका प्रतिपर्धीका रुपमा साबिक निर्वाचन क्षेत्र नं. ३ का सभापति तिलक रावत नगर सभापतिको रुपमा उम्मेदवारी घोषणा गरेका थिए ।
रावतलाई संविधानसभा सदस्य राजु खनाल, प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठ, काँग्रेस क्षेत्र नं. २ का सभापति भूपबहादुर डाँगी, नेता भरतबहादुर न्यौंपाने लगाएतको साथ समर्थन रहेको छ ।
यो समुह जिल्लामा स्वर्गिय नेता खुमबहादुर खड्का निकट र केन्द्रमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छ ।
पाण्डे नगरको रेसबाट बाहीएपछि अब कोईराला टिमले कस्लाई नगरसभापतिको उम्मेदवार बनाउँछ ? भन्ने चासोको बिषय बनेको छ ।
यो पनि पढ्नुहोस
काँग्रेसको १४औं महाधिबेशन : घोराही नगरमा पौडेल पक्षधर रमेश पाण्डे र देउवाको टिमबाट तिलक रावतको चर्चा