तुलसीपुर, भदौ ३० । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत असोज ९ गते हुने भनिएको घोराही उपमहानगरपालिकाको नगर सभापतिमा बुधबारसम्म दूई जना आकांक्षी देखिएका छन् ।
घोराही १५ का वडाध्यक्ष रमेशकुमार पाण्डे र साबिक निर्वाचन क्षेत्र नं. ३ का नेविसंघका क्षेत्रीय अध्यक्ष तिलक रावतले नगरसभापति पदमा आकांक्षा देखाएका छन् ।
घोराहीमा पनि तुलसीपुर उपमहानगरपालिकामा जस्तै काँग्रेस भित्रका दूई प्यानल प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समुहले आफ्नो पक्षबाट उम्मेदवारी खडा गरि निर्वाचनमा होमिन लागेका छन् ।
वडाध्यक्ष पाण्डेलाई काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री समेत रहेका दीपक गिरी, राष्ट्रिसभा सदस्य अनिता देवकोटा, पूर्व दाङ जिल्ला सभापति विरकेश्वरी गौतम लगाएतको साथ समर्थन रहेको छ । यो समुह पार्टी भित्र बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोईराला निकट मानिन्छ ।
त्यस्तै बिद्यार्थी नेता रावतलाई संविधानसभा सदस्य राजु खनाल, प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठ, काँग्रेस क्षेत्र नं. २ का सभापति भूपबहादुर डाँगी, नेता भरतबहादुर न्यौंपाने लगाएतको साथ समर्थन रहेको छ । यो समुह जिल्लामा स्वर्गिय नेता खुमबहादुर खड्गा निकट र केन्द्रमा प्रधानमन्त्री तथा काँग्रेस पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छ ।
टिम र गुट अन्त्य गर्न मेरो उम्मेदवारी – पाण्डे
घोराही १५ का वडाध्यक्ष पाण्डेले पार्टी भित्रको टिम र गुटगत राजनीति अन्त्य गर्न आँपूmले नगरसभापतिमा उम्मेदवारी बन्न चाहेको बताएका छन् ।
‘ हिजोको बृहत काँग्रेस अहिले आएर सानोमा खुम्चिएको छ, त्यो सबै टिम गुट उपगुटको कारणले गर्दा भएको हो,’ पाण्डेले अगाडि भने ‘ म कुनै गुट भन्दापनि सच्चा काँग्रेस भएर संगठन मजबुत बनाउने छु ।’
उनले काँग्रेसको संगठन वडा नगरबाटै मजबुत भएमा भोलि जो कोही नेता बन्न सक्ने हुँदा अहिले पार्टी भित्र देखिएको टिम, गुट र उपगुटले पार्टी धरासायी बनाउने खेल भइरहेको हुँदा ती कुराहरु अन्त्य गरि संगठन सशक्त बनाउन आँफूले उम्मेदवारी दिएको तर्क गरे ।
‘नगरमा काँग्रेसको संगठन चुस्त दुरुस्त बनाउँदै कार्यकर्ताको मनोबल उच्च बनाउनका लागि मेरो उम्मेदवारी हो,’ पाण्डेले भने ।
युवालाई प्रयोग गर्ने मात्रै निर्णय गर्ने स्थानमा पनि स्थापित गर्न जरुरी रहेको उनले बताए । आँफूपनि युवा भएकोले पार्टी भित्र ८० प्रतिसत युवा स्थापित गर्न तथा हरेक तह र तप्तकामा युवालाई स्थापित गर्न नगरबाटै भूमिका निर्वाह गर्ने उनको भनाई थियो ।
नेतृत्व हस्तान्तरण र पुस्तान्तरका लागि मेरो उम्मेदवारी हो – रावत
घोराही नगर सभापतिका आकांक्षी रावतले पुस्तान्तरण, हस्तान्तरण र बैचारिक रुपान्तरणका लागि आफ्नो उम्मेदवारी रहेको फरककोणलाई बताए ।
काँग्रेसको संगठन निर्माण गर्दै युवामा उर्जा थप्नका लागि अब नेतृत्वमा युवा आउन आवश्यक रहेको उनले तर्क गरे ।
रावतले भने–‘मैले नगरसभापतिमा जिते अग्रजको योगदानको उच्च कदर गर्दै उहाँहरुकै सल्लाह शिरोधार्य गरि युवा वर्गलाई संगठनमा चलाएमान बनाउन मैले भूमिका खेल्ने छु।’
जिल्लाका दूई उपमहानगरपालिका मध्य यसअघि नै तुलसीपुरको नगरका आकांक्षीहरु सार्वजनिक भइसकेका छन् ।
तुलसीपुरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीको तर्फबाट यातायात क्षेत्रका नेता सुरेश हमाल र पूर्व माननिय गहेन्द्र गिरीको तर्फबाट बिद्यार्थी नेता अनिल कार्की चुनाबी प्रतिपर्धामा खडा गरिएका छन् ।
त्यस्तै दीपक गिरीकै प्यानलका मानिने सामुदायिक वन क्षेत्रमा दूई कार्यकाल नेतृत्व गरेका शोभाकर सापकोटाले पनि स्वन्त्र भएपनि उम्मेदवारी दिने बताएका छन् ।