२०८१ बैशाख ८ गते शनिवार

छैठौं नेपाली टोपी दिवस भब्यताका साथ सम्पन्न (फोटोफिचर)

पौष १७, काठमाडौं – ‘नेपाली टोपीः हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ छैठौं नेपाली टोपी दिवस भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत आज बिहान राजधानी काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरियो । प्रभातफेरी कार्यक्रममा बालबालिका, युवायुवतीदेखि बृद्धहरुको समेत बाक्लो उपस्थिती थियो । कार्यक्रममा कलकार, पत्रकार, साहित्यकार, विद्यार्थीदेखि राजनीतिज्ञहरुको पनि उपस्थित थियो । प्रभातफेरीमा सहभागिहरुले दौरा सुरुवाल, गुन्यूचोली र टोपी लगाएका थिए ।प्रभातफेरीमा पञ्चेबाजाका साथमा राष्टिय गीत गाइएको थियो ।

टोपी दिवसका अवसरमा अहिले सम्मकै ठूलो नेपाली टोपी प्रदर्शन गरिएको थियो । समापन कार्यक्रममा बोल्दै जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीलाई नेपाली पहिचानका रुपमा घोषणा गर्न माग गरे । कार्यक्रममा उपस्थिती भएका पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपाली टोपी जगेर्ना सबैको दायित्व भएको बताए ।

सदियौदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालिन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि  नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउदै आइएको छ ।

 

प्रकाशित मिति : २०७५ पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *