शिवु खनाल,
दाङ, पुस १५ । पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङको देउखुरीमा ट्रकको ठक्कर वाट एउटा चितुवा मरेको छ ।
लमही नगरपालिका वडा नम्बर ९ अमिलिया नजिके आइतवार बेलुकी सात बजे अल्फावेट नखुलेको ट्रकको ठक्कर बाट एउटा चितुवा मरेको प्रहरीले जानकारी दिएको छ ।
पूर्व बाट पश्चिम तर्फ जाँदै गरेको ट्रकले चितुवालाई ठक्कर दिदा चितुवा ठाउँको ठाउँ नै मरेको प्रहरीले जानकारी दिएको छ । ट्रकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७५ पुष १५ गते आइतवार