२०७७ कार्तिक १३ गते बिहिवार

धार्मिक सदभाव विरुद्धका नारा लेख्ने ६ जना पक्राउ

दाङ, पुस १४ । दाङ प्रहरीले धार्मिक र जातिय सदभाव भड्काउने गरि सार्वजनिक स्थलमा वाल पेन्टिङ गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न सार्वजनिक स्थानमा ‘हिन्दु धर्म मान्दैनौं’ भन्ने खालका नारा लेख्ने तथा पम्पिलेट छर्नेहरुलाई पक्राउ गरिएको दाङ प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले तुलसीपुर जातिय र धार्मिक सहिस्नुता विरुद्ध सार्वजनिक स्थलमा नारा लेख्ने तथा पम्पिलेट छर्दै हिड्ने ६ जनालाई पक्राउ गरेको जानकारी दिए । एसपी पाण्डेका अनुसार शनिवार तुलसीपुर बाट २ जना र घोराही क्षेत्र वाट ४ जना व्यक्तिलाई पक्राउ गरिएको छ । पक्राउ परेका व्यक्तिहरु बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *