२०८१ माघ १३ गते आइतवार

तुलसीपुरमा ३० गाउँको मघौटा नाच प्रर्दशन गरिने

फाइल फोटो

निता चौधरी,
दाङ पुस १४ । आगामी पुस २५ गते तुलसीपुरमा हुन गइरहेको तुलसीपुर क्षेत्र स्तरिय माघी बिशेष सांस्कृतिक कार्यक्रमको तयारी तिव्र पारिएको छ । शनिवार तुलसीपुर उपमहानगरपालिमा बसेको भेलामा त्यस्तो जानकारी दिइएको हो । नमुना भुइँह्यार थान समिति तुलसीपुरकोे आयोजनामा हुने भनिएको सांस्कृति कार्यक्रममा मघौटा नाच प्रतियोगिता हुने समितिका अध्यक्ष रामशरण चौधरीले बताए ।

कार्यक्रममा ३० वटा गाउँको मघौटा नाच प्रस्तुत गरिने र प्रथम हुनेलाई ६ हजार ५ सय, द्धितियलाई ५ हजार ५ सय , तृतिय हुनेलाई ४ हजार ५ सय तथा अन्य सहभागीहरुलाई प्रोत्साहन स्वरुप १ हजार ५ सय रुपैंया पुरस्कार प्रदान गर्ने शनिवारको भेलाले निर्णय गरेको छ ।
उक्त अवसरमा ८० बर्ष माथिका ५ जना जेष्ठ नागरिकलाई सम्मान गर्ने, विभिन्न गाउँका २० जना महटवाहरुलाई सम्मान गर्ने निर्णय पनि गरिएको छ । कार्यक्रममा सहभागी हुन चाहानेहरुले पुस २३ गतेसम्म नाम दर्ता गर्ने समय सीमा तोकिएको अध्यक्ष चौधरीले जानकारी दिएका छन् ।

२५ गते विहान ९ वजे नमुना भुइँह्यार थानबाट थारुहरुको पहिचान झल्किने झाँकी सहितको ¥याली निकाल्ने अध्यक्ष चौधरीले बताए । त्यो ¥याली तुलसीपुर बजारको परिक्रमा पछि पुनः भुइँह्यार थानमा गएर कोण सभामा परिणत हुने चौधरीले जानकारी दिएका छन् ।

घोराहीमा प्रदेशस्तरिय महोत्सव हुने

घोराहीमा प्रादेशिक माघी महोत्सवको उद्घाटन ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले गर्ने कार्यक्रम रहेको छ । थारू समुदायको ठूलो पर्व माघको अवसरमा ‘संस्कृतिको विकासमा हाम्रो अभियान, सामाजिक न्याय सहितको समृद्धिमा योगदान’ भन्ने नारासहित महोत्सव पुस २६ र २७ गते घोराहीमा आयोजना गर्न लागिएको छ । महोत्सवलाई सफल बनाउन जिल्ला सभापति भुवन चौधरीको अध्यक्षतामा शनिवार बसेको भेलाले अर्थ संकलन उपसमिति, अतिथि सत्कार उपसमिति सहित विभिन्न १९ वटा उपसमिति गठन गरेको छ । दुई दिने महोत्सवमा प्रदेश नं. ५ को जिल्लासंगै कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को कैलाली र कञ्चनपुर जिल्लालाई पनि सहभागी गराउने महोत्सव मूल आयोजक समितिका संयोजक चौधरीले जानकारी दिएका छन् ।

महोत्सवमा थारू समुदायको मौलिक मघौटा नाच, कला, संस्कृतिसंगै गैर थारू समुदायको झाँकी पनि प्रस्तुत गरिने चौधरीले जानकारी दिएका छन् ।  महोत्सवमा थारू समुदायको परम्परागत थारू परिकार घोङ्गी, ढिक्री, अनदी चामलको भात, माछा, सुंगुरको मासु लगायतका परिकार राखिने भएको छ ।

परम्परागत हस्तकला डेल्वा, ढकिया लगायतका सामग्रीहरु र थारू भाषाका पुस्तकहरु प्रदर्शनी एवम् विक्रिमा राखिने महोत्सव आयोजकका प्रवक्ता प्रकाश चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *