२०७७ फाल्गुन २४ गते सोमवार

दुई मोटरसाईकल दुर्घटनामा तीन जना घाइते

दाङ, पुस १३ । दुई वटा फरक–फरक मोटरसाईकल दुर्घटनामा परि तीन जना घाइते भएका छन् ।

विहीवार बेलुका ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित घोराही चोकमा घोराही तर्फ जाँदै गरेको रा ३ प ७६६४ नम्वरको मोटरसाईकलको ठक्कर बाट पैदल यात्रु तिलकुमारी बुढाथोकी गम्भीर घाइते भएकी छन् । तुलसीपुर ८ अश्वारा निवासी ५० बर्षीया रावतलाई राप्ती अंचल अस्पतालको प्रारम्भिक उपचार पछि थप उपचाकार लागि विहीवार बेलुका नै बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ । मोटरसाईकल चालक र मोटरसाइकल ईलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै विहीवार बेलुका सवा ७बजेतिर भएको अर्कौ मोटरसाईकल दुर्घटनामा परि दुईजना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ चमेखोलास्थित अश्वारादेखि तुलसीपुर बजार तर्फ आउँदै गरेको रा ४ प ८५१७ नम्वरको मोटरसाईकल दुर्घटना हुँदा सोही ठाउँ निवासी २३ बर्षीय सुरज वली र सोही ठाउँकै ३० बर्षीय हरि खड्का घाइते भएका छन् । घाइते मध्य मोटरसाईकलका चालक वलीको अवस्था सामान्य रहेको भएपनि मोटरसाईकलको पछाडि सवार खड्काको अवस्था भने गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाइते खड्कालाई राप्ती अंचल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचार पछि थप उपचारका लागि विहीवार बेलुका नै बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको ईप्रका तुलसीपुरका प्रमुख प्रेमबहादुर शाहीले फरक कोणलाई जानकारी दिए । तीव्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटानामा परेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *