२०८१ बैशाख ७ गते शुक्रवार

भदौदेखि लाइसेन्सका लागि ट्रायल खोल्ने तयारी

नयाँ निर्देशिका लागु भए ट्रायलमा ७० अंक ल्याए पुग्ने

काठमाडौं, साउन १८ । भदौ पहिलो हप्तादेखि लाइसेन्सका लागि ट्रायल खोल्ने तयारी गरेको छ । लामो सयमदेखि ट्रायल नखु्ल्दा धेरै मानिसहरुले लिखित परीक्षा उत्तिर्ण गरेपनि त्यसै बस्दै आएका छन् ।

त्यही कुरालाई मध्यनजर गर्दै यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको लागि ट्रायल खोल्ने तयारी भइरहेको जानकारी दिएको छ ।विभागका महानिर्देशक नमराज घिमिरेले कोरोना महामारी जोखिम कम हुँदै गएमा भदौदेखि लाइसेन्सको ट्रायल खोल्ने गरि तयारी गरिएको बताए ।

अगाडि नै लिखित परीक्षा दिएर बसेकाहरूको हकमा पुरानै व्यवस्था लागू भएपनि नयाँको हकमा लाइसेन्सका लागि विभागले लिखित तथा ट्रायल परीक्षाको नयाँ व्यवस्था लागु गर्ने भएको छ ।कार्यविधि निर्देशिका २०७८ जेठ १ गतेदेखि लागू भएको थियो । नयाँ निर्देशिकामा भएको व्यवस्थाअनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए मात्रै पुग्छ । अन्य अंक लिखित बाट जोडिन्छ ।

त्यस्तै नयाँ निर्देशिकाले परीषार्थीले आफ्नै सवारी प्रयोग गर्न पाउने व्यवस्था गरेको छ। यो भन्दा पहिला कार्यालयले तोकेका र उपलब्ध गराएका सवारी मात्रै प्रयोग गर्न पाइन्थ्यो ।

 

प्रकाशित मिति : २०७८ साउन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *