दाङ ११ पुस ।
नेपाल सुनचाँदी व्यवसायी संघ दाङका पूर्व अध्यक्ष एवं नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य धु्रवकुमार गहतराज सम्मानित भएका छन् । गहतराजलाई राष्ट्रिय नागरिक सेवा सम्मान २०७५ बाट सम्मानित गरिएको हो । घोराहीमा सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएका गहतराजले व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत काम गर्दै आएका छन् ।
सामाजिक क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै नागरिक एकता समाज काठमाडौँले सम्मान गरेको हो । समाजले राजधानीको राष्ट्रिय नाँचघरमा आयोजना गरिएको विशेष साँस्कृतिक समारोहमा गतहराजलाई पूर्व उपराष्ट्रपति प्रमानन्द झा, पूर्वउपप्रधानमन्त्री सिपी मैनालीलगायतले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । गहतराज लामो समयदेखि सुनचाँदी व्यवसायी सञ्चालन गर्नुका साथै समाजिक सेवामा सक्रिय रहदै आएका छन् ।
प्रकाशित मिति : २०७५ पुष ११ गते बुधवार